Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

नेपाली कांग्रेस पाेखरियाकाे सभापतिमा चाैहान विजयी

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पाेखरिया नगरपालिकाकाे सभापतिमा रामबाबु प्रसाद चाैहान विजयी भएका छन् । कांग्रेसकाे १४ औं अधिवेशन अन्तर्गत पाेखरिया नगरपालिकाकाे नगर कार्य समिति चयनकाे लागि शनिबार भएकाे निर्वाचानकाे अन्तिम मतपरिणाम अनुसार चाैहान ३ मतले विजयी भएका हुन् ।

नेता सुरेन्द्र चाैधरी पक्षका उम्मेदवार चाैहान ७१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्धि संविधान सभा सदस्य रामेश्वर राेनियार पक्षका उम्मेदवार लक्ष्मण साह कानुले ६८ मत पाएका छन् ।

नगर उप सभापतिमा बच्चा साह तेली र रामानन्द बैठा धाेबी बिजयी भएका छन् । तेलीले ८० मत र धाेबीले ७६ मत प्राप्त गरी विजयी भएका छन् भने उप सभापतिका अर्का उम्मेदवार उमेश प्रसाद यादवले १९ र भाेला गिरीले ४२ मत प्राप्त गरी पराजित भएका छन् ।

यसैगरी नगर समितिकाे सचिवमा धर्मराज प्रसाद यादव ७६ मत र हरेराम पाण्डेय ७४ मत प्राप्त गरी विजयी भएका छन् । सचिव पदका अर्काे पक्षका उम्मेदवार मदन गिरीले ५२ मत र मदन साह कानुले ५१ मत पाएका छन् ।

नगर समितिकाे सह सचिवमाल श्यामकिशाेर यादवले ७९ मत र अशाेक चाैहानले ७५ मत प्राप्त गरी विजयी भएका छन् । सह सचिव पदकाे अर्काे प्यानलका उम्मेदवार संताेश कुमार कुर्मी ४१ र रामाधार मुखिया विन ५४ मत पाएका छन् ।      

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...