Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

नेपाली कांग्रेस पाेखरियाकाे सभापतिमा चाैहान विजयी

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पाेखरिया नगरपालिकाकाे सभापतिमा रामबाबु प्रसाद चाैहान विजयी भएका छन् । कांग्रेसकाे १४ औं अधिवेशन अन्तर्गत पाेखरिया नगरपालिकाकाे नगर कार्य समिति चयनकाे लागि शनिबार भएकाे निर्वाचानकाे अन्तिम मतपरिणाम अनुसार चाैहान ३ मतले विजयी भएका हुन् ।

नेता सुरेन्द्र चाैधरी पक्षका उम्मेदवार चाैहान ७१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्धि संविधान सभा सदस्य रामेश्वर राेनियार पक्षका उम्मेदवार लक्ष्मण साह कानुले ६८ मत पाएका छन् ।

नगर उप सभापतिमा बच्चा साह तेली र रामानन्द बैठा धाेबी बिजयी भएका छन् । तेलीले ८० मत र धाेबीले ७६ मत प्राप्त गरी विजयी भएका छन् भने उप सभापतिका अर्का उम्मेदवार उमेश प्रसाद यादवले १९ र भाेला गिरीले ४२ मत प्राप्त गरी पराजित भएका छन् ।

यसैगरी नगर समितिकाे सचिवमा धर्मराज प्रसाद यादव ७६ मत र हरेराम पाण्डेय ७४ मत प्राप्त गरी विजयी भएका छन् । सचिव पदका अर्काे पक्षका उम्मेदवार मदन गिरीले ५२ मत र मदन साह कानुले ५१ मत पाएका छन् ।

नगर समितिकाे सह सचिवमाल श्यामकिशाेर यादवले ७९ मत र अशाेक चाैहानले ७५ मत प्राप्त गरी विजयी भएका छन् । सह सचिव पदकाे अर्काे प्यानलका उम्मेदवार संताेश कुमार कुर्मी ४१ र रामाधार मुखिया विन ५४ मत पाएका छन् ।      

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...