Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

नेपाली कांग्रेस बिन्दवासिनीकाे सभापतिमा चाैरसिया निर्विराेध

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस बिन्दवासनी गाउँपालिकाको सभापतिमा बिवेक कुमार चौरसिया निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न गाउँपालिका अधिवेशनबाट चाैरसियाकाे सभापतित्वमा ३२ सदस्यीय समिति निर्वाचित भएका हुन् ।

गाउँ समितिको उपसभापतिमा राजेश्वर प्रसाद चौरसिया, राजेश तिवारी, सचिवमा संतोष कुमार चौरसिया, मुकेश प्रसाद साह कानु, सह सचिवमा जितेन्द्र कुमार, श्रीलाल प्रसाद कुर्मी निर्विराेध निर्वाचित भएकाे मतदान अधिकृत मनोज कुमार यादवले जानकारी दिए ।

यस्तै, समितिको सदस्यमा पन्ना देवी चमईन, नागेश्वर साह तेली, चोकट मुखिया बिन, सोना देवी कानु, मनोज राउत कुर्मी, सुनिल प्रसाद चौहान, देवनारायण साह कानु, प्रेम कुमार चौरसिया, दिनेश साह कानु, कोशिला देवी, अवधकिशोर प्रसाद बरै, रामराज बरै, तेतरी देवी, भागरिथ प्रसाद पटेल, अवध किशाेर ओझा, रामनारायण महरा चमार लगायतका निर्विरोध निर्वाचित भएको मतदान अधिकृत यादवले वताए । 

गाउँपालिका सभापतिमा निर्वाचित चाैरसिया तरुण दल पर्साका सचिव हुन् । नव निर्वाचित सभापति चाैरसियाले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउने प्रतिवद्धता जनाए । 

गाउँपालिका पार्टी कार्यालय बहुअर्वाभाठामा भएकाे अधिवेशनमा सभापतिमा निर्वाचित अध्यक्ष चौरसियासहित गाउँपालिका समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई महाधिवेशन प्रतिनिधि अशोक कुमार गुप्ता, उमेश चौरसिया, पर्सा क्षेत्र नं.३ (ख) का सभापति अनोज कुमार चौरसिया, गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ता लगायतकाले फुल माला र अविरकाे टिका लगाएर बधाई तथा सफल कार्यकालकाे शुभकामना दिएकाे स्थानिय नेता उपनेश चौरसियाले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...