Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नेपाली कांग्रेस बिन्दवासिनीकाे सभापतिमा चाैरसिया निर्विराेध

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस बिन्दवासनी गाउँपालिकाको सभापतिमा बिवेक कुमार चौरसिया निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न गाउँपालिका अधिवेशनबाट चाैरसियाकाे सभापतित्वमा ३२ सदस्यीय समिति निर्वाचित भएका हुन् ।

गाउँ समितिको उपसभापतिमा राजेश्वर प्रसाद चौरसिया, राजेश तिवारी, सचिवमा संतोष कुमार चौरसिया, मुकेश प्रसाद साह कानु, सह सचिवमा जितेन्द्र कुमार, श्रीलाल प्रसाद कुर्मी निर्विराेध निर्वाचित भएकाे मतदान अधिकृत मनोज कुमार यादवले जानकारी दिए ।

यस्तै, समितिको सदस्यमा पन्ना देवी चमईन, नागेश्वर साह तेली, चोकट मुखिया बिन, सोना देवी कानु, मनोज राउत कुर्मी, सुनिल प्रसाद चौहान, देवनारायण साह कानु, प्रेम कुमार चौरसिया, दिनेश साह कानु, कोशिला देवी, अवधकिशोर प्रसाद बरै, रामराज बरै, तेतरी देवी, भागरिथ प्रसाद पटेल, अवध किशाेर ओझा, रामनारायण महरा चमार लगायतका निर्विरोध निर्वाचित भएको मतदान अधिकृत यादवले वताए । 

गाउँपालिका सभापतिमा निर्वाचित चाैरसिया तरुण दल पर्साका सचिव हुन् । नव निर्वाचित सभापति चाैरसियाले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउने प्रतिवद्धता जनाए । 

गाउँपालिका पार्टी कार्यालय बहुअर्वाभाठामा भएकाे अधिवेशनमा सभापतिमा निर्वाचित अध्यक्ष चौरसियासहित गाउँपालिका समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई महाधिवेशन प्रतिनिधि अशोक कुमार गुप्ता, उमेश चौरसिया, पर्सा क्षेत्र नं.३ (ख) का सभापति अनोज कुमार चौरसिया, गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ता लगायतकाले फुल माला र अविरकाे टिका लगाएर बधाई तथा सफल कार्यकालकाे शुभकामना दिएकाे स्थानिय नेता उपनेश चौरसियाले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...