Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

श्रीनिवास बचाउ अभियान अन्तर्गत ८ लाख सहयाेग प्राप्त

spot_img
spot_img

कलैया । मृगाैला राेगी शिक्षक श्रीनिवास प्रसाद साहलाई आर्थिक सहयाेग प्राप्त भएकाे छ । बाराकाे महागढीमाई नगरपालिका वडा नं.  १ का निवासी मृगौला राेगी ३५ बर्षिय श्रीनिवासलाई रु ८ लाख ३७ हजार ६ सय ७० सहयाेग प्राप्त भएकाे हाे ।

महागढीमाई फाउन्डेसन नेपाल र लायन्स कल्ब अफ महागढीमाईले संयुक्त रुपमा संचालन गरेकाे श्रीनिवास बचाउ अभियान अन्तर्गत संकलित रकमकाे चेक पिडित साहलाई हस्तान्तरण गरिएकाे छ । एक महिनादेखि संचालित अभियानमा विभिन्न संघ/संस्था तथा व्यक्तिगतहरुले सहयाेग गरेकाे रु ८ लाख ३७ हजार, ६ सय ७० रुपैयाको चेक शनिबार हस्तान्तरण गरिएकाे फाउन्डेसनका सुबास यादवले जानकारी दिए ।

द राइजिङ स्टार काेचिङ सेन्टरका संचालक समेत रहेका शिक्षक श्रीनिवासकाे बिगत ६ महिनादेखि दुवै मृगौलाले काम गर्न छोडेको र उपचारमा समेत आर्थिक अवस्था नाजुक रहेकोले सकस भएको कारण सहयोग गरिएको यादवले वताए । ्श्री

निवासकाे उपचारको क्रममा उनकाे भएजतिकाे सम्पत्ति समेत बिक्री गरिएको आवस्थामा पनि सम्भव नभएपछि परिवारजनले आर्थिक सहयोगको अपिल गरेकोले स्थानिय संस्थाहरुले सहयाेगकाे लागि अभियान चलाएकाे थियाे ।

श्री गढीमाई महेन्द्र प्रावि महागढीमाई नपा २ काे प्राङ्गणमा भएकाे चेक हस्तान्तरण कार्यक्रममा सहयाेग रकमकाे चेक बुझ्दै पिडित साहले सम्पुर्ण दाताहरु प्रति आभार व्यक्त गरे । साहको जीवन वचाउन सहयोग प्रदान गरेका सम्पूर्ण दाताहरुलाई अभियान्ता शिवमंगल यादवले समेत धन्यावाद दिए ।

फाउन्डेसनका आजिवन सदस्य शिवमंगल यादवको अध्यक्षतामा भएकाे चेक हस्तांतरण कार्यक्रममा फाउन्डेसनका सदस्य एवम् प्रहरी सहायक निरिक्षक सुभाष यादव, जयराम कुशवाहा, बेद प्रकाश कुशवाहा, लायन्स क्लब अफ महागढीमाईका सचिव विकी महताे, फाउन्डेसनका संरक्षक राकेश कुशवाहा, फाउन्डेसन र लायन्स क्लका सदस्य अमिचन महतो, अबताब आलम, अमित कुशवाहा, ओम नारायण चौरसिया, मिथिलेश स्वर्णकार लगायतको उपसतिथि रहेको थियो भने कार्यक्रमको सञ्चालन जियालाल कुशवाहाले गरेका थिए ।

यता यस्ता समाजिक कार्यमा आवद्ध भई समाजिक कार्य गर्न चाहनेहरुकाे लागि फाउन्डेसनले सदस्यता खाेलिएकाे जनाएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...