Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026

गोतामे पत्रकारिता पुरस्कारबाट पत्रकार झा सम्मानित

spot_img
spot_img

वीरगंज । मोफसलको प्रतिष्ठित गोपालचन्द्र गोतामे पत्रकारिता पुरस्कारबाट सप्तरीका पत्रकार वैजनाथ झा सम्मानित भएका छन् ।

गोपालचन्द्र गौतम प्रतिष्ठानले साेमबार वीरगञ्जमा आयोजना गरेको ११ औँ पुरस्कार वितरण समारोहमा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले पत्रकार झालाई एक तोला सुनको पदक र प्रमाणपत्रले सम्मानित गरेका हुन् ।

तीन दशकभन्दा बढी समयदेखि सप्तरीमा रही जनसरोकारका विषयमा कलम चलाउँदै आएका पत्रकार झालाई सम्मानित गर्दै नगर प्रमुख सरावगीले जनताका पक्षमा कलम चलाउने पत्रकारको सम्मान जस्ता कार्यले लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गरे ।

उनले पत्रकारिता क्षेत्रको विकासले लोकतन्त्रलाई बलियो बनाउनुका साथै राज्यलाई उत्तरदायी बनाउने भएकाले वीरगञ्जबाट प्रकाशित प्रसारित सञ्चारमाध्यमको दिगो विकासका लागि महानगरपालिकाले लोककल्याणकारी विज्ञापन वितरण सुरु गरेको जानकारी दिए ।

सभालाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले जनताका पक्षमा कलम चलाउने र समाजमा व्यापक भेदभाव, भ्रष्टाचारलाई समाप्त पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चारकर्मीको मनोबल उच्च बनाउन महानगरपालिकाले रु पाँच लाख प्रतिष्ठानलाई प्रदान गर्ने घोषणा गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष जगदिश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले पुरस्कृत भएका पत्रकार झालाई शुभकामना व्यक्त गरे । उनले चालू आर्थिक वर्षदेखि नै लागू हुनेगरी मधेस प्रदेशमा रहेका पत्रकारको जीवन बिमा गर्नुका साथै वरिष्ठ पत्रकारलाई पेन्सन दिने तयारीमा लागेको जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म...

गौतम माविमा अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता, नलिक्षा प्रजापति प्रथम

वीरगंज । गौतम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरूको...

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...