Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उद्घाटन

spot_img
spot_img
जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशमा सुशासन कायम गर्न प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरेका छन् ।
 
जनकपुरधामको मुजेलियामा प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको सुमद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुलाई प्रशिक्षण मार्फत प्रदेशमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
 
एक महिना अघि स्थापना भएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रलाई प्रदेशकै नमूना अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यसका लागी आवश्यक पूर्वाधारको विस्तृत योजना तयार पार्न निर्देशन समेत दिए ।
 
केन्द्र तालिम मात्र नभई मधेशका विभिन्न पक्ष बारे अनुसन्धानको नीति समेत लिने उल्लेख गर्दै उनले अध्ययन अनुसन्धान गर्न चाहने देशी विदेशी नागरिकको लागी समेत आकर्षणको केन्द्र बनाउने प्रदेश सरकारको योजना रहेको उल्लेख गरे ।
 
प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक सतार अन्सारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रमुख सचिव कृष्ण बहादुर राउत सहितका व्यक्तीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...