Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उद्घाटन

spot_img
spot_img
जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशमा सुशासन कायम गर्न प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरेका छन् ।
 
जनकपुरधामको मुजेलियामा प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको सुमद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुलाई प्रशिक्षण मार्फत प्रदेशमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
 
एक महिना अघि स्थापना भएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रलाई प्रदेशकै नमूना अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यसका लागी आवश्यक पूर्वाधारको विस्तृत योजना तयार पार्न निर्देशन समेत दिए ।
 
केन्द्र तालिम मात्र नभई मधेशका विभिन्न पक्ष बारे अनुसन्धानको नीति समेत लिने उल्लेख गर्दै उनले अध्ययन अनुसन्धान गर्न चाहने देशी विदेशी नागरिकको लागी समेत आकर्षणको केन्द्र बनाउने प्रदेश सरकारको योजना रहेको उल्लेख गरे ।
 
प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक सतार अन्सारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रमुख सचिव कृष्ण बहादुर राउत सहितका व्यक्तीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...