Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

काेभिड १९ प्रतिकार्य तथा पूर्व तयारी परियाेजना संचालन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकामा काेभिड १९ प्रतिकार्य तथा पूर्व तयारी परियाेजना संचालनमा आएकाे छ । युएन, आइओएमकाे आर्थिक सहयाेग तथा सेभ द चिल्ड्रेन र आसमान नेपालकाे आयाेजनामा संचालमा परियाेजनाकाे आइतबार समन्व बैठक सम्पन्न भएकाे छ ।

वीरगंज महानगरपालिकाकाे काेभिड नियन्त्रण कार्यदलका संयाेजक एवम् नगर प्रमुख विजय कुमार सरावगीकाे अध्यक्षतामा सम्पन्न  बैठकमा काेभिड १९ विरुद्ध द्रुत प्रतिकार्य र पूर्व तयारीकाे लागि आइसाेलेसन केन्द्र र सिमा नाकाकाे सवलिकरण मार्फत प्रभावकारी घटना व्यवस्थापन परियाेजनाकाे बारेमा अभिमुखिकरण साथै काेभिड संक्रमण नियन्त्रणकाे लागि भएकाे तयारी, प्रयास र चुनाैनिकाे बारेमा छलफल भएकाे थियाे ।

वीरगंज महानगरपालिकाकाे भएकाे बैठकले नाकामा आवतजावत गर्ने यात्रुकाे पानी आपुर्ती, स्वास्थ्य तथा सरसफाई सुदृढिकरणका लागि साथै दुध खुवाउने तथा आराम गर्ने सुरक्षित ठाउँका लागि आवश्यक आधारभुत संरचना निर्माण र भएका संरचाना प्रयाेग तथा संचालन गर्ने र इ कार्यका लागि महानगरपालिकाले जग्गा, सामग्रीहरु उपलब्ध गराउने र नपुग सामग्री र भाैतिक संरचनाकाे लागि प्रक्रियामा समन्वय र सहजिकरण गर्ने निर्णय समेत गरेकाे छ । 

बैठक मै वीरगंज महानगरपालिका भित्र रहेकाे आइसाेलेसन तथा हेल्प डेस्कका लागि र काेभिड प्रतिकार्य तथा पूर्व तयारीका लागि स्वास्थ्य तथा सरसफाई सामग्री समेत हस्तान्तरण गरिएकाे आसमान नेपालका परियाेजना संयाेजक हरेराम ठाकुरले जानकारी दिए ।

बैठकमा आसमान नेपाल अध्यक्ष हरिशचन्द्र यादव, आइओएम नेपालका उमा नेपाल, सेभ द चिल्ड्रेनका संजिव शाक्य, प्रज्वल खतिवडा, इनार्वा हेल्थ डेस्कका डा. अनिशा महताे, वडाध्यक्ष ब्रहमदेव प्रसाद कुर्मी, वीरगंज महानगरपालिकाका स्वास्थ्य संयाेजक रितेश जयसवाल, काेभिड व्यवस्थापन संयाेजक सुमन साह लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...