Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

लाेसपाा पाेखरिया नगर अध्यक्ष तेली जसपा प्रबेश गर्ने

spot_img
spot_img

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपाल पोखरीयाका नगर अध्यक्ष राजु साह तेली जनता समाजवादी पार्टी (जसपा) प्रबेश गर्ने भएका छन् । तेलीसहित लाेसपा पाेखरिया नगर कमिटी नै जसपा प्रबेश गर्ने जनाइएकाे छ ।

तेलीले जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसंग भेट गर्दै जसपा प्रबेश गर्ने प्रतिबद्धता जनाएका छन् । लाेसपाका नेता राजेशमान सिंह पार्टी परित्याग गरेकाे औपचारिक घाेषणा गरेकाे दिन नै पाेखरिया नगर अध्यक्ष तेलीले जसपा अध्यक्ष उपेन्द्र यादवसंग भेट गरेकाे तस्बिर सार्वजनिक भएकाे छ । 

अध्यक्ष यादवकाे प्रमुख आतिथ्यतामा पोखरीया नगरपालिकामा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा लाेसपा नगर अध्यक्ष तेली जसपा प्रबेश गर्ने छन् । अध्यक्ष यादवसंग भेटघाटमा जसपाका नेता एवम् पर्सा क्षेत्र नं. ३ का निलम्वित सांसद हरिनारायण राैनियार, जसपा नेता गाैरीशंकर साह, पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन लगायतकाे उपस्थिती रहेकाे थियाे ।

लोसपाले ओलिका मतियार भएर मधेसको भवना बिपरित क्रियाकलापमा सक्रिय भई बिधिबिधान बाहिर हिसाबले पार्टी संचालन गरेकोमा पार्टी छोडनु पर्ने अवस्था आएकाे अध्यक्ष तेलीकाे भनाई छ ।

आफुहरु मधेस आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरि मधेसको लागि लडाइ गरेको हो र बाकी अधिकारको लडाई लडनु पर्ने भएकोले सो को एक मात्र विकल्प जसपा रहेकोले आफुहरु लोसपा परित्याग गरि जसपा प्रवेश गर्न लागेकाे तेलीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...