Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

यथास्थितिमा एमसीसीलाई समर्थन गर्न सकिदैन : अध्यक्ष नेपाल

spot_img
spot_img

वीरगंज । यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले बताएका छन् । समाजवादी प्रेस संगठन पर्साले शुक्रबार वीरगञ्जमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बोल्दै सत्तारुढ गठबन्धनका नेता नेपालले एमसीसीको सन्दर्भमा अहिले पनि अध्ययन नपुगेको र सुधार गर्नुपर्ने धेरै ठाउँ रहेकोले यथास्थितिमा आँखा चिम्लेर एमसीसी समर्थन गर्न नसकिने बताए ।

नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गराउन तर्फ लागिरहेको बेला सत्ता गठबन्धनका नेता नेपालले एमसीसीको सन्दर्भमा अहिलेपनि धेरै कुरा प्रष्ट नभइसकेकोले त्यसलाई अझै अध्ययन र छलफल पश्चात मात्र निस्कर्षमा पुग्ने धारणा व्यक्त गरेका छन् । “एमसीसीको सन्दर्भमा अहिलेपनि धेरै कुरा प्रष्ट छैन । सुधार गर्नुपर्ने ठाउँ छन् । अर्कोतर्फ जनमत पनि एमसीसीको पक्षमा नरहेकोले जनतमतलाई आश्वस्त गराउने चुनौती हुँदाहुँदै यथास्थितिमा आँखा चिम्लेर एमसीसी पास गर्ने पक्षमा हामी छैनौँ,“ नेपालले भने ।

पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमसीसीको सन्दर्भमा ७ वटा विषयमा आफुहरु स्पष्ट हुन खोजिरहेको बताए । उनले भने “एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत पर्छ की पर्दैन, अमेरिकाको सुरक्षा रणनीतिअन्तर्गत पर्छ की पर्दैन, यसमा अमेरिकाको सैन्य संलग्नता छ की छैन, यस मार्फत निर्माण गरिने ट्रान्समिसन, सडकको तलको भुभागमा नेपालको सार्वभौम अधिकार हुन्छ की हुँदैन, निर्माणको काममा लाग्दा चाहिने श्रमशक्ति नेपालीहरुले आफ्नो योग्यता र क्षमता अनुसार हकको रुपमा प्रयोग गर्न पाउँछन् की पाउँदैन, यसबाट प्राप्त हुने बौद्धिक सम्पतिमा नेपालको अधिकार सुनिश्चित हुन्छ की हुँदैन, यसको लेकापरिक्षण गर्ने अधिकार नेपालको अडीटर जेनरललाई हुन्छ की हुँदैन र अन्तिममा एमसीसीसँग जोडिएको कानुनको बारेमा स्पष्ट धारणा आउनुपर्छ ।”

आफूखुशी नयाँ–नयाँ कानुन बनाउँदै जाँदा नेपालको हितमा कस्तो असर गर्छ भने त्यस्तो कुरालाई स्वीकार गर्न सक्छ कि सक्दैन जस्तै ७ वटा विषयमा आफूहरु अहिले पनि प्रष्ट नरहेको उनले बताए । “सात वटा प्रश्नहरुको उत्तर पाएपछि छलफल गरेर हामीले एमसीसी बारेमा सोच्छौँ,“ उनले भने ।

नेकपा एमालेले एमसीसी फिर्ता गरे माधव नेपाल दोषी हुने भन्ने विषयमा बोल्दै नेता नेपालले केपी ओली सिद्धान्त, संस्कार र कम्युनिष्ट आचरण नभएको देश बेचुवा भएको आरोप लगाउँदै उनीहरुले उठाएको प्रश्नको जवाफ दिन आवश्यक नरहेको वताए ।

“केपी ओली मण्डले, सिद्धान्त बेचुवाहरु, स्वेच्छाकारी, कुसंस्कृत मान्छे हुन् । संस्कार केहीपनि छैन, कम्युनिष्ट आचरण केहीपनि छैन, कम्युनिष्ट सिद्धान्त प्रतिको प्रतिबद्धता छैन । त्यसकारण त्यस्ता तत्वहरुको कुनै प्रश्नको जवाफ दिन म आवश्यक ठान्दिन ।“

उनले आगामी स्थानीय तहको निर्वाचनबाट नेकपा एस देशकै ठूलो पार्टीको रुपमा आउने दावी पनि गरे । संगठन विस्तार गर्ने समय नभएको कारण निर्वाचनसँगै संगठन विस्तार हुँदै जाने र स्थानीय तहको पालिकाहरुमा नेकपा एस पहिलो पार्टी बनेर आउने उनले बताए ।

समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेलकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सचिव नागेन्द्र चाैधरी, पाेलिट ब्युराे सदस्य

समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा बीरगन्जको  सम्पन्न भएको पत्रकार सम्मेलनमा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरी, पोलिट व्युरो सदस्य एवम् पर्सा इन्चार्ज रामचन्द्र साह, पोलिट व्युरो सदस्य एवम् बीरगंज महानगर इन्चार्ज चिरञ्जिवी अचार्य, प्रतिनिधि सभा सदस्य सरला यादव, केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला अध्यक्ष बाल गाेपाल थापा,  वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, लेखा आयोगका केन्द्रिय सदस्य किशोरी कुशवाहा, प्रमाेद साह, युवा संघका नेपालका सचिव अरुण यादव, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य एवं पार्टी पर्सा जिल्ला प्रचार विभाग प्रमुख राघव साह लगायतको उपस्थिती रहेको थियो ।

वीरगंजकाे आदर्शनगरस्थित दियालो लर्डस प्लाजामा भएकाे पत्रकार सम्मेलनकाे संचालन समाजवादी प्रेस संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...