Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

सरस्वती पुजामा भएकाे अवराेधकाे विराेधमा वीरगंजमा प्रदर्शन

spot_img
spot_img

पर्सा । रौतहट जिल्ला इशनाथ नगरपालिका बड़ा नं. ५ लक्ष्मीनियामा हिन्दू समाजमाथि भएको आक्रमणको विरोधमा हिन्दु परिषद नेपालले वीरगंजमा प्रदर्शन गरेको छ ।

सरस्वती माताको मूर्ति विसर्जन गर्न गइरहेको बेला मुस्लिम समुदायद्वारा हिन्दूहरुमाथि सांघातिक आक्रमण र सरस्वती माताको मूर्ति माथि तोडफोडको प्रयास गरेका थिए । उनीहरुले प्रहार गरेको ढुंगामुडाले दर्जनौ हिन्दूहरु घाइते भएका छन् ।

हिन्दू परिषद नेपालले दोषीमाथि कारवाही गर, इस्लामिक जिहाद मुर्दाबाद, दलाल नेताहरु मुर्दाबाद, हिन्दू हिन्दू भाई भाई, ओमकार परिवार एक होऔ, हिन्दूहरु धर्म संस्कृति मास्न पाइदैन, मुस्लिम आतंकवाद मुर्दाबाद, नालायक सरकार मुर्दाबाद, जिहादी मानसिकता मुर्दाबाद लगायतको नारासहित प्रदर्शन गरेको थियो ।

वीरगंजमा बुधबार भएको विरोध कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल, कोषाध्यक्ष संजय सरार्फ, केन्द्रीय सदस्यहरु सुरेश साह कानू, भरत सरार्फ, उमेश साह कानू, किरण अग्रवाल, बिनोद प्रसाद कुर्मी, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, उपाध्यक्ष बिरेन्द्र गुप्ता, सल्लहकार जोगिन्द्र कलवारसहित परिषदका बिभिन तहका सदस्यहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...