Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

वीरगंजबाट धमाधम मोटरसाइकल चोरहरु पक्राउ पर्दै

spot_img
spot_img

वीरगंज । प्रहरीले दिनहुँ वीरगंजबाट माेटरसाइकल चाेरहरुलाई पक्राउ गर्न थालेकाे छ । पर्सा प्रहरीले केहि दिन यता दिनहुँ जसाे माेटरसाइकल चाेरीहरुलाई पक्राउ गर्न थालेकाे हाे । 

बुधबार प्रहरीले माेटरसाइकल चाेरी गरेकाे आराेपमा दुई जनालाई पक्राउ गरेकाे छ । वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवाबाट  बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं.७ बस्ने वर्ष १९ को रंजित सहनी र साेही ठाउँका वर्ष २० को सभन पाठकलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं.१६ नगवा बस्ने वर्ष ४० को बिनोद प्रसाद सहनीको नाममा दर्ता रहेको ना.१६ प २९७४ नम्बरको बैगुनी रंगको स्पलेन्डर माेटरसाइकल चाेरी गरेकाे आराेपमा दुबै जनालाई बुधबार विहान पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए । 

आफ्नै घरको आँगनमा पार्किङ गरी राखिएकाे माेटरसाइकल चाेरी भएकाे  गेट तोडी बाटोमा ल्याई लक तोड्दै गरेको अवस्थामा सवारी धनीले देखी यस कार्यालयमा जानकारी गराएको लगतै उक्त स्थानमा तत्काल खटिएको टोलीले निजहरूलाई माेटरसाइकलसहित नियन्त्रणमा लिइएकाे उनले जानकारी गराए ।

पक्राउ परेका दुबै जना विरुद्ध चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेकाे प्रवक्ता खनालले जानकारी दिए ।

साेमबार राती पनि प्रहरीले वीरगंजबाट एक जना माेटर साइकल चाेरलाई पक्राउ गरेकाे थियाे । वीरगंज महानगरपालिकाकाे वडा नं. १५ स्थित ओम होटल एण्ड पार्टी प्यालेस अगाडि पार्किङ गरी राखिएको माेटरसाइकलकाे चाेरी गरी भाग्दै गरेकाे बाराकाे परवानीपुर गाउँपालिका वडा नं.५ बहुअरी बस्ने वर्ष २० को साहिल पटेललाई प्रहरीले पक्राउ गरेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...