Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

नव प्रबेशी शाखा अधिकृतहरुलाई कर्मचारी संगठनद्वारा सम्मान

spot_img
spot_img

वीरगंज । नेपाल निजामती कर्मचारी संंगठन पर्साले शाखा अधिकृतमा सिफारिस भएका कर्मचारीहरुलाई सम्मान गरेकाे छ । संगठनले जिल्ला समन्व समिति पर्सा नजिक रहेकाे आफ्नै भवनमा बधाई तथा शुभकामना कार्यक्रमकाे आयाेजना गरी पर्साका नवप्रवेशी शाखा अधिकृतहरुलाई सम्मान गरेकाे हाे ।

संगठनले शाखा अधिकृतमा सिफारिस भएका अनामिका राैनियार, संदिप कुमार पटेल, महमद नवाज हुसेन, रेखा कुमारी, राकेश ओझा, मुन्ना साह राैनियार, श्यामबाबु राउत, सुमित कुमार सिंह र गाैरीशंकर कुमार सिंहलाई सम्मान गरेकाे हाे ।

 संगठन पर्साका अध्यक्ष अमिति कुमार गिरीकाे अध्यक्षता र नेकपा एमालेका केन्द्रिय सदस्य अरविन्द सिंहकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन पर्साका अध्यक्ष सुबादार यादव, धाेबिनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत राजु साह, जिल्ला निर्वाचन कार्यालय बाराका निर्वाचन अधिकारी सराेज कुमार चाैधरी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन संगठन पर्साका सचिव सुरेन्द्र यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...