Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

डिन पर्साकाे अध्यक्षमा पटेल

spot_img
spot_img

वीरगंज । डिप्लोमा इन्जिनियर्स एसोशिएसन, नेपाल (डिन) जिल्ला समिति, पर्साको १४ औं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएकाे छ । भुटन देवी माई वीरगंजमा सम्पन्न अधिवेशनले रामबाबु पटेलकाे अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति सर्वसहम्मत चयन गरेकाे छ ।

जुन समितिकाे उपाध्यक्षमा शम्भु साह, सचिवमा पुरुषाेत्म चाैरसिया, सह सचिवमा लालबाबु कुशवाहा, काेषाध्यक्षमा संताेष कुमार साह, सदस्यहरुमा राकेश कुमार साह, राहुल साह, रामबालक राय यादव, पुन्जय कुमार साह, राजेश प्रसाद बस्ताेला, रेशमा शर्मा, नगिना शर्मा, नगिना प्रसाद साह तेली र जयचन्द्र प्रसाद चाैरसिया चयन भएका छन् । 

शम्भु साहको सभापतित्वमा भएकाे अधिवेशनमा पूर्व जिल्ला अध्यक्ष तथा पूर्व केन्द्रिय सदस्य विजय गुप्ता, मधेश प्रदेश अध्यक्ष राजिनन्द प्रसाद चौधरी, प्रदेश सचिव ईश्वरदेव यादव तथा प्रदेश सदस्य पूनम साह, मकवानपुर पूर्व डिन अध्यक्ष श्रीपति चौधरी, पूर्व डिन सचिव सुनिल कर्ण लगायतकाे उपस्थिती रहेकाे थियाे ।

सस्ताे, सुलभ, वैज्ञानिक प्रविधिकाे विकास गराैं मुल नाराकाे साथ अधिवेशन सम्पन्न भएकाे हाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...