Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026

पटेल परिवारलाई क्षतिपुर्ति दिलाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन

spot_img
spot_img

वीरगंज । विश्व हिन्दु परिषद नेपालले मुस्लिम युवाको आक्रमणबाट ज्यान गुमाएका बाराकाे कलैया १९, ईनरवारीका राधेश्याम पटेलको परिवारलाई यथाशिघ्र क्षतिपुर्ती उपलब्ध गराउँन माँग गर्दै गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापन पत्र बुझाएको छ ।

परिषद नेपालका महासचिव जितेन्द्र कुमार सिंह र हिन्दु स्वयंसेवक संघका सह राष्ट्रिय संघचालक एवं अवकाश प्राप्त एआईजी कल्याण तिम्लसिनाको टोलीले शुत्रबार गृहमन्त्री खाँडलाई भेटेर ज्ञापन पत्र बुझाउँदै स्थानिय प्रशासनमा भएको सहमती अनुसार यथाशिघ्र क्षतिपुर्ती उपलब्ध गराउँन माँग गरिएको हो ।

गृहमन्त्री खाँडलाई ज्ञापन पत्र बुझाउँदै, महासचिव सिंहले ,‘ सरकारी पक्षबाटै सहमति गराउने तथा कार्यान्वयन नहुने हो भने घटनाले उग्र रूप लिने र सोको जिम्मेवारी नेपाल सरकारले नै लिने चेतावनी समेत दिए ।’

उनले भने, क्षतिपुर्तीमा पनि भेदभाव जस्तो घृणित कार्य हुँदैन, ‘सुनसरी जिल्लामा मुस्लिम युवाको मृत्यु भएको घटनामा सरकारले तत्काल पीडित पक्षलाई क्षतिपुर्ति दिएको तर हाम्रो हिन्दू युवालाई मारेको घटनामा हालसम्म पनि क्षतिपुर्ति नपाउँदा सरकारको काम निष्पक्ष भयो भनेर मान्न सकिने स्थिति देखिएन् ।’

मुस्लिम समुदायको आक्रमणबाट पटेलको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित स्थानियले आन्दोलन शुरु गरेपछि त्यसलाई समाधान गर्न स्थानिय प्रशासनले पिडित परिवारलाई क्षतिपुर्ती बापत १० लाख र उपचार भएको खर्च वापत ११ लाख २४ हजार ५ सय र मृतक पटेललाई धार्मिक शहिद घोषणा गर्नुपर्ने सहमती गरेका थिए ।

सरकारले माँग प्रति कुनै सुनवाई नगरेपछि खाँडलाई भेटेर नै माँग पुरा गराउँन ध्यानकर्षण गराएको महासचिव सिंहले बताए । उनले भने, ‘ सहमतिको कार्यन्वयन सम्बन्धमा जिल्लाका प्रमुख जिल्ला अधिकारीले पत्र गृह मन्त्रालय पठाईसकेको भन्ने बुझिन आएतापनि हालसम्म पीडितका परिवारले राहत नपाएको हुँदा माननीय गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराएका हौ ।’

जिल्ला प्रशासन कार्यालयमा भएको छलफल र सहमति अनुसार स्व. राधेश्याम पटेललाई यथाशिघ्र धार्मिक शहिद घोषणा गरी निजको परिवारले पाउनुपर्ने क्षतिपुर्ति भराईपाउँन नेपाल सरकारसँग विश्व हिन्दू परिषद् नेपाल जोडदार माँग गरेको उनले बताए ।

पिडित परिवारलाई क्षतिपुर्ती र दोषि उपर कडा भन्दा कडा कार्वाही नगरिएक त्यसको परिणाम नराम्रो हुने चेतावनी समेत उनले दिए । ज्ञापन पत्र बुझदै गृहमन्त्री खाँडले तत्कालै पिडित परिवारलाई सम्पूर्ण क्षतिपर्ती उपलब्ध गराउँन आवश्यक प्रकृया अगाडी बढाउँन अर्थ सचिवलाई आदेश दिए ।

२०७८ सालको छठपर्व मनाउने क्रममा कार्तिक २५ गतेका दिन हिन्दू भक्तहरू र स्थानीय मुसलमान युवाहरू बीच विवाद हुदाँ राधेश्याम पटेलमाथि सांघातिक हामला भएको थियो । उनको टाउकोमा गम्भीर चोट लागि वीरगन्जको न्यूरो अस्पतालमा उपचारको क्रममा पुस २१ गते मृत्यु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म...

गौतम माविमा अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता, नलिक्षा प्रजापति प्रथम

वीरगंज । गौतम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरूको...

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...