Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

बालक हत्याकाे आराेपमा जगरनाथपुरका ५ जना पक्राउ

spot_img
spot_img

वीरगंज । बालक हत्याकाे आराेपमा प्रहरीले ५ जनालाई पक्राउ गरेकाे छ । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ६ का ६४ बर्षिय गाेवारी राउत अहिर, ५५ बर्षिय नग राउत अहिर, ३२ बर्षिय शत्रुधन प्रसाद यादव, ३० बर्षिय मनमाेहन प्रसाद यादव र २५ बर्षिय राेहन प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

जगरनाथपुर गाउँपालिकाकाे वडा नं.६ निवासी नागेसर प्रसाद कुर्मीको १२ वर्षिय छाेरा मन्टु प्रसाद कुर्मीको घाँटी थिची कर्तव्य गरी मारी फालेको पांचै जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेका पांचै जना एकै परिवारका हुन् ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं.६ भिष्वास्थित नेपाल भारत सीमाबाट माघ ८ गते पांचै जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । 

पुस २३ गते दिउँसो ४ बजेको समयमा जगरनाथपुर गाउँपालिकाकाे वडा नं.६ स्थित ऊखु खेतमा घाँटी थिची कर्तव्य गरी मारी फालेको अवस्थामा मन्टुकाे शव फेला परेकाे थियाे । घटनाको अनुसन्धानको सिलसिलामा पीडितबाट प्राप्त किटानी जाहेरी दरखास्त तथा सो सम्बन्धमा हालसम्म खुल्न आएका तथ्यहरूको आधारमा पांचै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका सबै जना विरुद्ध अपहरण तथा कर्तव्य ज्यान पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको प्रवक्ता खनालले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...