Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

बालक हत्याकाे आराेपमा जगरनाथपुरका ५ जना पक्राउ

spot_img
spot_img

वीरगंज । बालक हत्याकाे आराेपमा प्रहरीले ५ जनालाई पक्राउ गरेकाे छ । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ६ का ६४ बर्षिय गाेवारी राउत अहिर, ५५ बर्षिय नग राउत अहिर, ३२ बर्षिय शत्रुधन प्रसाद यादव, ३० बर्षिय मनमाेहन प्रसाद यादव र २५ बर्षिय राेहन प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

जगरनाथपुर गाउँपालिकाकाे वडा नं.६ निवासी नागेसर प्रसाद कुर्मीको १२ वर्षिय छाेरा मन्टु प्रसाद कुर्मीको घाँटी थिची कर्तव्य गरी मारी फालेको पांचै जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेका पांचै जना एकै परिवारका हुन् ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं.६ भिष्वास्थित नेपाल भारत सीमाबाट माघ ८ गते पांचै जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । 

पुस २३ गते दिउँसो ४ बजेको समयमा जगरनाथपुर गाउँपालिकाकाे वडा नं.६ स्थित ऊखु खेतमा घाँटी थिची कर्तव्य गरी मारी फालेको अवस्थामा मन्टुकाे शव फेला परेकाे थियाे । घटनाको अनुसन्धानको सिलसिलामा पीडितबाट प्राप्त किटानी जाहेरी दरखास्त तथा सो सम्बन्धमा हालसम्म खुल्न आएका तथ्यहरूको आधारमा पांचै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका सबै जना विरुद्ध अपहरण तथा कर्तव्य ज्यान पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको प्रवक्ता खनालले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...