Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

माहनगरद्वारा होटल व्यवसायीलाई सम्पती करमा ५० प्रतिशत छुट

spot_img
spot_img

वीरगंज । वीरगंज माहनगरपालिकाले होटल तथा पर्यटन क्षेत्रलाई सम्पती करमा ५० प्रतिशत छुट दिने भएको छ । चैत मसान्तसम्म सम्पत्ति कर चुक्क्ता गर्ने होटल व्यवसायीलाई आर्थिक वर्ष ०७७/७८ र ०७८/७९ मा ५० प्रतिशत छुट सुविधा दिने भएको हो ।

कोरोना महामारीमा सबैभन्दा बढी प्रभावित क्षेत्र भएकोले होटल तथा पर्यटन व्यवसायीलाई छुट सुविधा दिएको नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए ।

कोभिडबाट सबै भन्दा बढी प्रभाबित होटल तथा पर्यटन क्षेत्रलाई केन्द्र सरकारले समेत यश अघि नै अति प्रभाबित ब्यबसायको सुचिमा वर्गीकरण गरि सकेको छ ।

होटल तथा पर्यटन क्षेत्रको प्रतिनिधि मुलक संस्था होटल तथा पर्यटन ब्यवसायी संघ वीरगंजले यश अघि नगर परिषद हुनु पुर्व नै वीरगंज माहानगरमा ज्ञापन पत्रसमेत दिएर आफ्ना समस्याहरुलाई माहानगरको नीति तथा कार्यक्रममा पार्न लगाएको थियो । तर पछि नगर परिषदकाे निर्णय आउँदा अन्य क्षेत्र समेटिए पनि होटल तथा पर्यटन शब्द छुटेकोले होटलहरुले कुनै सुविधा पाएका थिएन ।

यसै विषयलाई लिएर आइतबार होटल तथा पर्यटन ब्यबसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तको नेतृत्वमा गएको प्रतिनिधि मन्डलले महानगर प्रमुखसमक्ष आफ्ना समस्याहरुको गम्भीर ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापनपत्र बुझाउँदै अध्यक्ष पन्तले महानगरले कोभिड प्रभावित अन्य ब्यवसायलाई सम्पतीकरमा ५० प्रतिशत छुट दिन माग गरेका थिए । होटल तथा पर्यटन क्षेत्रलाई यदि यो सुभिधाबाट बन्चित गरिए होटल तथा पर्यटन क्षेत्रलाई ठुलो अन्याय हुने भन्दै आफ्ना सममस्याहरु नगर प्रमुख समक्ष राखेका थिए ।

होटल तथा पर्यटन ब्यवसायीहरुकाे समस्या सुनिसकेपछि नगर प्रमुख बिजय कुमार सरावगीले होटल ब्यवसायीहरुको समस्या जाएज भएकोले समस्याको सम्बोधन गरिने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...