Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

मुक्तीनाथ बैंकद्वारा ठाकुर राम क्याम्पसलाई ४ लाख बराबरकाे कुर्सी सहयाेग

spot_img
spot_img

वीरगंज । मुक्तिनाथ विकास बैंक वीरगञ्ज शाखाले ठाकुरराम बहुमुखी क्याम्पसलाई कुर्सी सहयोग गरेको छ । बैंकले १५ बर्ष पुरा गरी १६ औं बर्षमा प्रबेश गरेकाे अवसरमा विभिन्न खालका ४३ थान कुर्सी सहयाेग गरेकाे हाे ।

क्याम्पसलाई ३० थान अफिस कुर्सी, १२ थान थ्री सिटर कुर्सी र एक थान चक्का वाला कुर्सी गरी ४ लाख रुपैयाँ बराबरको कुर्सीहरु सहयोग गरिएकाे बैंकका कर्जा विभाग प्रमुख शैलेन्द्र शर्माले जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तर्गत कुर्सीहरु सहयाेग गरीकाे शर्माले वताए ।

साे कुर्सीहरु बैंकका वीरगंज शाखा प्रमुख विपिन किशोर श्रेष्ठले एक कार्यक्रमका बिच क्याम्पस प्रमुख डा. उमेश चौरसियालाई हस्तान्तरण गरेका थिए ।

कुर्सी हस्तान्तरण कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डा. चौरसियाले बैंकलाई धन्यवाद दिँदै अन्य परोपकारी संघ संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गरेका थिए । जर्जर अवस्थामा पुगिसकेको क्याम्पसलाई तिनै तहको सरकारले वेवास्ता गरेको आरोप लगाउँदै डा. चौरसियाले परोपकारी निकायले सहयोग नगरे क्याम्पस बर्बाद हुने बताए ।

बैंकका शाका प्रमुख श्रेष्ठले छोटो भएपनि क्याम्पसलाई सहयोग गर्न पाउँदा खुसी महसुस भएको बताए । उनले आगामी दिनमा क्याम्पसलाई थप सहयोग जुटाउन आफुहरुले पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा बैंकका कर्जा विभागका कर्मचारी धर्मेन्द्र कुमार साह, क्याम्पसका प्रध्यापक सुशील श्रेष्ठ, रघुनाथ साह लगायत शिक्षक र कर्मचारीहरुको सहभागिता रहेको थियो । बैंकले सहयाेग गरेकाे कुर्सी क्याम्पसकाे मिटीङ हलमा राखिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...