Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कालिकामाईमा लाेसपाकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । गाउँपालिकाकाे वडा नं. ४ प्रशुरामपुरमा भएकाे कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग महिला नेत्रृ सिमा गुप्ताको नेतित्वमा एक सय भन्दा बढीले लाेसपा प्रबेश गरेकाे वताइएकाे छ ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष एवम् लोसपाका नेता राजेस चौरसियाको अध्यक्षतामा र लाेसपाका नेता एवम् प्रतिनिधि सभा सदस्य लक्षमणलाल कर्णकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बाराका प्रतिनिधि सभा सदस्य एकबाल मियाँ, लाेसपा पर्साका जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा, नेताहरू रामचन्द्र पन्डित, अनिरुध कलवार, पर्साका वरिष्ठ उपाध्यक्ष सन्तोष तिवारी, श्रीराम गिरि , वीरगंज महानगर अध्यक्ष ओमप्रकाश सरार्फ लगायतले नव प्रवेशीहरुलाई अबिर माला लगाई पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रमकाे संचालन लाेसपाका युवा नेता राजेस साहले गरेका थिए । लाेसपा कालिकामाई गाउँपालिका कमिटीकाे आयाेजनामा भएकाे कार्यक्रममा टिकटक स्टार प्रितृ पासवानले नृत्य समेत प्रस्तुत गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...