Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सागढीमा नेकपा एसकाे नगर कमिटी गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढ़ी नगरपालिकामा नेकपा (एकीकृत समाजबादी) काे नगर कमिटी गठन भएकाे छ । बढनियारमा भएकाे एक भेलाले  सत्य नारायण दास थारूको अध्यक्षता ५५ सदस्यीय नगर कमिटी गठन गरेकाे हाे ।

नवगठित कमिटीकाे उपाध्यक्ष राम स्वरूप राम, सचिव रेविन्द्र कार्की, उप सचिव अरुण रेग्मी, प्रेम यादव, सदस्यहरु पस्पाती देबी, ललिता देबी, नागेन्द्र सहनी, लक्ष्मी ठाकुर, संतोष साह, गोबिन्द साह, दसरथ धामी, प्रभु महतो, रामजन्म चौधरी लगायत चयन भएका छन् ।

नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथी पार्टीका पोलिट ब्यूरो सदस्य एवम् प्रदेश २ का उपाध्यक्ष रामचन्द्र साहले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा पार्टीका लेखा आयोग सदस्य किशोरी कुशवाहा, प्रदेश कमिटी सदस्य रामेश्वर धानुक, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, जिल्ला सचिव बिक्रम चाैरसिया, युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज अनिल पटेल, श्रीलाल कुशवाहा, जिल्ला कमिटी सचीवालय सदस्य सरस्वती भट्टराई, मोहन यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...