Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सागढीमा नेकपा एसकाे नगर कमिटी गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढ़ी नगरपालिकामा नेकपा (एकीकृत समाजबादी) काे नगर कमिटी गठन भएकाे छ । बढनियारमा भएकाे एक भेलाले  सत्य नारायण दास थारूको अध्यक्षता ५५ सदस्यीय नगर कमिटी गठन गरेकाे हाे ।

नवगठित कमिटीकाे उपाध्यक्ष राम स्वरूप राम, सचिव रेविन्द्र कार्की, उप सचिव अरुण रेग्मी, प्रेम यादव, सदस्यहरु पस्पाती देबी, ललिता देबी, नागेन्द्र सहनी, लक्ष्मी ठाकुर, संतोष साह, गोबिन्द साह, दसरथ धामी, प्रभु महतो, रामजन्म चौधरी लगायत चयन भएका छन् ।

नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथी पार्टीका पोलिट ब्यूरो सदस्य एवम् प्रदेश २ का उपाध्यक्ष रामचन्द्र साहले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा पार्टीका लेखा आयोग सदस्य किशोरी कुशवाहा, प्रदेश कमिटी सदस्य रामेश्वर धानुक, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, जिल्ला सचिव बिक्रम चाैरसिया, युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज अनिल पटेल, श्रीलाल कुशवाहा, जिल्ला कमिटी सचीवालय सदस्य सरस्वती भट्टराई, मोहन यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...