Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

दीपिकाको ‘गहराइयाँ’को ट्रेलर रिलिज

spot_img
spot_img

बलिउड अभिनेत्री दीपिका पादुकोणको प्रमुख भूमिका रहेको चलचित्र ‘गहराइयाँ’को ट्रेलर रिलिज भएको छ । बिहीबार साँझ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोले यो चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

चलचित्रमा अनन्या पाण्डे, सिद्धान्त चतुर्वदी र धैर्य करवाको पनि मुख्य भूमिका रहेको छ । सकुन बत्राले निर्देशन गरेको ‘गहराइया’को ट्रेलरलाई दर्शकहरुले एकदमै रुचाएका छन् । प्रशंसकका साथै बलिउडकर्मीहरुले समेत ट्रेलरको खुलेर तारिफ गरेका छन् ।

दीपिकाको यसअघि रिलिज भएको चलचित्र ‘८३’ले बक्स अफिसमा गतिलो कमाइ गर्न सकेको थिएन । ‘गहराइयाँ’बाट उनी निकै आशावादी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रोमान्टिक ड्रामा यो चलचित्र आगामी फेब्रुअरी ११ मा अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...