Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

राजधानी माग्दै पांचाै दिन वीरगंजमा मशाल जुलुश प्रदर्शन

spot_img
spot_img
वीरगंज । मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाम ताेकिएपछि पर्सामा सुरु भएकाे आन्दाेन पांचाै दिन पनि जारी रह्याे । सयुँक्त युवा विद्यार्थी संगठनले पांचाै दिन शुक्रबार वीरगंजमा मशाल जुलुश प्रदर्शन गरेका थिए ।
 
वीरगञ्जकाे ठाकुर राम बहुमुखी क्याम्पसबाट निस्केकाे मशाल जुलुश आदर्शनगर चौकमा पुगेर सम्पन्न भएकाे थियाे । मशाल जुलुशमा सहभागिहरुले जनकपुर राजधनि मान्दैनाैं, वीरगंज राजधानी कायम गर, मुख्यमन्त्री मुर्दावाद, गद्दार विद्यायक मुर्दावाद लगायतका नारा लगाएका थिए ।
 
 प्रदर्शनकारीहरुले आफुहरुलाई जनकपुर राजधानी मान्य नरहेकाे वताउँदै वीरगंज राजधानी कायम गर्नु पर्ने माग गरेका थिए । मशाल जुलुशलाई विथाेल्न प्रहरीले प्रयास समेत गरेकाे थियाे । 
 
संगठनका अध्यक्ष मोहमद नेजामको अध्यक्षतामा निस्केकाे मशाल जुलुशमा नेवि संघका सुधीर पटेल, युवा संघ नेपालका सचिव अरुण यादव, केन्द्रिय सदस्य अनिल पटेल, पर्सा अध्यक्ष भुपेन्द्र साह, श्रीलाल कुशवाहा, लोसपाका सुजीत गिरी, महादेव कुर्मी, राजू गुप्ता, अनेरास्ववियु क्रान्तिकारी पर्साका अध्यक्ष कबीर पटेल, एहसान अंसारी, मेराज अंसारी, नेवि संघका विशाल पटेल, बिकेश पटेल लगायतको सहभागिता रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...