Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

राजधानी माग्दै वीरगंजमा चाैथाे दिन पनि प्रदर्शन

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाम ताेकिएपछि वीरगंजमा सुरु भएकाे आन्दाेलन अन्तर्गत चाैथाे दिन पनि प्रदर्शन भएकाे छ । संयुक्त युवा विद्यार्थी संगठनले बहिबार वीरगंजकाे घण्टाघरमा प्रदर्शन गरेकाे हाे ।

प्रदर्शनमा सहभागिहरु जनकपुर राजधानी मान्य छैन, मुख्यमन्त्री राजिनामा देउ, गद्दार प्रदेश सांसद मुर्दावाद, वीरगञ्जलाई राजधानी कायम गर, पदसंग वीरगंज राजधानी साटन पाइदैन् लगायतका नारा लेखिएकाे प्याले कार्डसहित सहभागि भएका थिए ।

प्रदर्शकारीहरुले गद्दार प्रदेश सांसदका कारण वीरगञ्जले राजधानी गुमाउनु परेको बताउँदै उनीहरु प्रति आक्रोश पोखेका थिए ।

संगठनका अध्यक्ष मोहमद नेजामको अध्यक्षतामा भएकाे प्रदर्शनमा नेवि संघका सुधीर पटेल, लाेसका सुजित गिरी, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य जुबैर आलम, युवा संघ नेपालका केन्द्रिय सदस्य अनिल पटेल, अनेरास्ववियु क्रान्तिकारीका पर्सा अध्यक्ष कबिर पटेल, युवा संघ पर्साका श्रीलाल कुशवाहा, अनिस पटेल, अनिल कुशवाहा, लोसपाका राजु गुप्ता,अनेरास्ववियु क्रान्तिकारीका मेराज अंसारी लगायतकाे सहभागिता रहेको थियो.।

वीरगंजलाई राजधानी नबनाइएकाे बिराेधमा पर्सामा दिनहुँ विराेध प्रदर्शन हुँदै आएकाे छ । संयुक्त विद्यार्थीले शुक्रबार आन्दाेलनकाे कार्यक्रम अन्तर्ग मशाल जुलुश निकाल्ने जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...