Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

समाजवादी प्रेस संगठन भक्तपुरका अध्यक्षमा दिनेश कार्की

spot_img
spot_img
काठमाडाैं । समाजवादी प्रेस संगठन नेपाल भक्तपुर शाखा पत्रकार दिनेश कार्कीको अध्यक्षतामा गठन भएको छ । नवगठित संगठनकाे  उपाध्यक्षमा विजय चालिसे, सजिना भण्डारी, सचिवमा सुवास चौलागाँइ, सहसचिवमा गणेश महर्जन, ज्ञानेन्द्र खाइजु र कोषाध्यक्षमा रचना वयलकोटी लगायत रहेकाे १५ सदस्यीय कमिटी गठन गरेकाे छ ।
 
संगठनका उपाध्यक्ष विश्वमणी सुवेदी, उपत्यका इन्चार्ज तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी, नेकपा एकिकृत समाजवादी भक्तपुका अध्यक्ष श्याम बस्नेत, संगठनका महासचिव भुपराज खड्का, सचिव तथा पत्रकार महासंघका सचिव गोविन्द चौलागाँइ, वरिष्ठ पत्रकार प्रविणराज जोशी, उपत्यका संयोजक सविन शर्मा, उपत्यका सचिव आशिस गुरागाँइ, केन्द्रीय सदस्य केशव लुइँटेल लगायतको उपस्थितिमा समिति गठन भएकाे हाे ।
 
 संगठनकाे जिल्ला भेलाले पत्रकार प्रविणराज जोशी र कृष्ण प्रधानलाई सल्लाहकारमा चयन गरेकाे छ ।
 
भेलामा प्रेस चौतारी नेपालको वागमती प्रदेश समिति सदस्य विजय चालिसे विकलले उक्त संगठन परित्याग गरी समाजवादी प्रेस संगठनमा निशर्त प्रवेश गरेको घोषणा गरेका थिए । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...