Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026

वीरगंजसंग सबै दलका अध्यक्षहरु गद्दारी गरेका छन् : सांसद यादव

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशकाे राजधानी वीरगंज नहुनुमा सम्पुर्ण पार्टीका राष्ट्रिय अध्यक्षहरु दाेषी रहेकाे संघिय सांसद प्रदिप यादवले वताएका छन् । बलिदानी दिवसको अवसरमा बुधबार वीरगंजकाे घण्टाघर चौकमा निर्मित मधेसी शहिद स्मारकमा मधेश आन्दोलनका शहिदहरुको प्रतिमामा माल्यार्पण गर्दै सांसद यादवले यस्ताे वताएका हुन् ।

उनले भने “वीरगंजकाे सम्पूर्ण आन्दाेलनमा महत्वपूर्ण भुमिका रहेकाे छ । पुरै मधेशमा जुन पर्साले याेगदान दिएकाे छ, त्याे कसैले दिएकाे छैन् । निश्चित रुपमा वीरगंजसंग गद्दारी भएकाे छ । आज नाटक भइरहेकाे छ, मुख्यमन्त्रीकाे घरमा ढुंगा प्रहार भइरहेकाे छ । म ढुंगा प्रहार गर्नेलाई भन्न चाहन्छु । वीरगंजसंग गद्दार गर्ने काे हुन्, त्यसकाे पहिचान गर्नु पर्छ । वीरगंजसंग गद्दारी गर्ने सम्पुर्ण दलका राष्ट्रिय अध्यक्ष हुन् ।”

सांसद यादवले मुख्यमन्त्री लालबाबु राउतकाे घरमा ढुंगा प्रहार गर्नेलाई चुनाैती दिदै भने हिमत छ भने नेपाली काँग्रेसका अध्यक्ष शेर बहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष प्रचण्ड, लाेसपका अध्यक्ष महन्थ ठाकुरकाे घरमा ढुंगा चलाउ ।” उनले वीरगंजसंग सम्पूर्ण दलले धाेका दिएकाे वताए पनि आफ्नाे जसपा पार्टीका अध्यक्ष उपेन्द्र यादवकाे नाम लिएनन् । 

सांसद यादवले मुख्यमन्त्री मात्रैले राजधानी तोक्न नसक्ने भन्दै बचाउ गर्दै  नाम र राजधानी तोक्ने अधिकार प्रदेश सभाको भएकाे वताए । उनले वीरगंज राजधानीकाे लागि आन्दाेलित दल र नेताहरुलाई पहिला आफ्नाे राष्ट्रि अध्यक्षकाे पुत्ला जलाउन भन्दै नत्र आन्दाेलनकाे नाटक बन्द गर्न भने ।

सांसद यादवले वीरगंजमा राष्ट्रिय स्तरकाे नेता नभएका कारण पनि यस्ताे अवस्था आएकाे वताएका थिए ।

मधेशको पहिचानको लागी प्रदेश २ को नाम मधेश प्रदेश कायम गरिनु आंशिक उपलब्धी भएको भन्दै सांसद यादवले अबको लडाई प्रदेशलाई २२ जिल्लामा विस्तार गरिनु भएको बताए । काँग्रेस–कम्युनिष्टहरुले मधेशको पहिचानलाई स्विकार नै नगर्ने अवस्थामा मधेश प्रदेश कायम गरिनु आफैमा उपलब्धिमुलक भएको यादवकाे भनाई छ ।

‘मधेशी समुदायको पहिचानको लडाई जारी छ, आंशिक उपलब्धी प्राप्त भएको छ, सांसद यादवले भने– ‘शहिदहरुको सपना पुरा हुने बाटोमा हामी लागेका छौं, अब २२ जिल्लाको सिंगो मधेशको लडाई शुरु हुनेछ ।’ 

सांसद यादवसंग जसपा पर्साका अध्यक्ष अब्दुल रहिम अन्सारी, प्रदेश सांसद करिमा बेगम, जनत अनसारी, जिल्ला समन्वय समिती पर्साका सभापति नेक महमद अन्सारी लगायतका जसपाका नेता तथा कार्यकर्ताहरु वीरगंजकाे घण्टाघरमा रहेका सहिद स्मार्कमा माल्यार्पण गर्न पुगेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म...

गौतम माविमा अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता, नलिक्षा प्रजापति प्रथम

वीरगंज । गौतम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरूको...

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...