Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

नयाँ नेपाली फिल्म ‘मीरा’ निर्माण हुने

spot_img
spot_img

चलचित्रकर्मी रोशन कुमारको निर्देशनमा नयाँ नेपाली फिल्म ‘मीरा’ निर्माण हुने भएको छ । उक्त फिल्मको मंगलबार काठमाडौंको गुहेश्वरी मन्दिर परीसरमा शुभमुहुर्त गरिएको छ ।

सरकारले निर्धारण गरेको २५ जना भन्दा बढी मानिस भेला नहुने मापदण्डलाई पालना गर्दै शुभमुहुर्त कार्यक्रम आयोजना गरिएको फिल्म निर्माण संस्थाको भनाइ छ ।

द लाइफ एक्सप्रेस मुभि मेकर्स प्रालि तथा मझारे ईन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्ने उक्त फिल्म शुभमुहुर्त समारोहमा फिल्मका मुख्य कलाकार रमेश क्षेत्री तथा रजिना अर्यालले मुहुर्त शटमा अभिनय गरेका थिए ।

चलचित्रकर्मी कृष्ण मल्लद्वारा निर्देशन गरिएको मुहुर्त शटमा फिल्मका मुख्य कलाकारले फिल्मकै संवाद बोलेका थिए ।

मुहुर्त शटमा द्वन्द निर्देशक संघका अध्यक्ष नारायण प्रधानले क्यामराको स्विच अन गरेका थिए भने चलचित्रकर्मी राजेश बिसुरालले क्ल्याप गरेका थिए । लेखक सुशिल देवकोटाले नरिवल फुटाएर शुभसाइत शटको थालनी गराएका थिए । त्यसअघि चलचित्रकर्मी सुनिल कटवालले क्यामराको पूजा गरेका थिए ।

समारोहमा प्रसारणको क्रममा रहेको टेलिश्रृंखला ‘ब्ल्याक एण्ड ह्वाइ’ को टिमलाई नै मुख्य अतिथि बनाइएको थियो ।

समारोहलाई सम्बोधन गर्दै फिल्मका निर्देशक रोशन कुमारले मीरा नारी प्रधान फिल्म हुने जानकारी दिँदै फिल्मले बलात्कार जस्तो निन्दनीय घटनालाई हतात्साहित गर्ने कथावस्तु समेटिएको जानकारी गराए ।

फिल्ममा रजिना अर्यालले मीराको चरित्र चित्रण गर्दैछिन् । उनको यो डेब्यू फिल्म हो ।

फिल्मकी मुख्य पात्र मीरा अर्थात रजिना अर्याल तथा रविना केसीलाई सृजना सुत्रले फिल्मका लागि काष्ट गरेको सृजना सुत्रका सुभाष प्रधानले जानकारी गराएका छन् ।

फिल्मका अभिनेता रमेश क्षेत्रीले फिल्मले एउटी कमजोरी आर्थिक अवस्था भएकी महिलाको सरकारी जागिर खाने सपना र त्यसलाई पुरा गर्ने क्रममा उनले भोग्नु परेका पीडालाई फिल्मले समेट्ने तथा आफूलाई उनलाई हरेक प्रकारले सहयो गर्ने भूमिका निर्वाह गरेको बताए ।

फिल्ममा रजिना अर्याल र रमेश क्षेत्रीसंगै प्रेम बस्याल, रविना केसी, महेश धामी क्षेत्री आदि कलाकारले अभिनय गर्दैछन् ।

गोपाल कार्की तथा आरोही श्रेष्ठ यो फिल्मका निर्माता हुन् । यो फिल्मको कथा प्रेम बस्यालले लेखेका हुन् ।

समारोहमा फिल्मको पोस्टर समेत अनावरण गरिएको थियो ।

स्वास्थ्य मापदण्ड पालना गर्दै केही दिनमै फ्लोरमा जाने यो फिल्म यही नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा ल्याइने निर्देशक रोशन कुमारले जानकारी दिएका छन् ।

समारोहमा कृष्ण मल्ल, राजेश बिसुराल, नारायण प्रधान, सुनिल कटवाल, सुशील देवकोटासहितका व्यक्तित्वले विषय परिस्थितिमा निर्माण हुन लागेको फिल्मको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

सौन्दर्य क्रियसन, चौबन्दी क्रियसन तथा अदिती कलेक्सनको भेषभुषा रहने यो फिल्ममा श्रद्धा कँडेलको श्रृङ्गार रहने छ । बिपुल क्षेत्री यो फिल्मका प्रोडक्सन मेनेजर हुन् ।

फिल्ममा अमृत पाण्डेको सिनेमाटोग्राफी रहने छ भने सह निर्देशनमा समीर ढकाल छन् । साथै अन्य कलाकारमा राजु श्रेष्ठ , सञ्जय ढुंगाना, उन्नत उप्रेती, मन्जिल श्रेष्ठ, प्रमिला बिक, प्रज्वल गिरीसहित ब्ल्याक यन्ड व्हाइट सिरियलका चर्चित कलाकारहरु पनि रहने छन् ।

फिल्ममा अधिकमां कलाकार थिएटरका रहने ‘मीरा’ मा जे.बी.रुवाली, दिनेशजंग खड्का जस्ता पुराना रङकर्मीहरुले अभिनयको वर्कशप गराउने जानकारी निर्माण संस्थाले दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...