Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

बिरामी मानिसलाई लुटपाट गर्ने ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । बिरामी मानिसलाई लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. १५ का २० बर्षिय सुमन श्रेष्ठ, १८ बर्षिय विकास थापा मगर र २० बर्षिय रमेश कुमार साेनारलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार बाराकाे सिम्रौनगढ नगरपालिकाकाे वडा नं ७ पर्सा टोला बस्ने वर्ष २३ का माजिद अंसारी मंगलबार विहान ९ बजे वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१५ बसपार्कस्थित भानुचोकमा पोखराबाट बस चढी आई ओर्लेका थिए । 

अंसारी बिरामी भई सडक छेउमा बोल्न नसक्ने अवस्थामा बसिरहेकोमा निजलाई तिनै जनाले नियन्त्रणमा लिई  ना.२.ह. २७३६ नं. को अटोरिक्सामा चढाई निजको साथमा रहेको मोवाइल फोन र नगद समेत लुटी निजलाई अर्धचेत अवस्थामा छोडेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निजलाई मंगलबार दिउँसो ३ बजे उद्दार गरि उक्त घटनामा संलग्न तिनै जनालाई तत्काल पक्राउ गरी अपहरण तथा डाँका सम्बन्धी कसूरमा अनुसन्धान अगाडी बढाएकाे उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...