Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

८ महिलासहित ५१ जनाद्वारा रक्तदान

spot_img
spot_img
वीरगंज । श्री श्रमिक बचत तथा ऋण सहकारी संस्था सिमराकाे आयोजनामा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । सिमरा बजारमा भएकाे कार्यक्रममा ८ महिलासहित ५१ जनाले रक्तदान गरेकाे रेडक्रस पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।
 
संस्थाका अध्यक्ष बेनि तिमिल्सिनाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रतिमा नेपाल, सनिता मैनाली, गिता शर्मा, कृस्टिना घलान, सबिना श्रेष्ठ, सुमित्रा पोखरेल,अम्रिता लामिछाने, लक्षुमन सापकोटा, मानबहादुर श्रेष्ठ, मानहरी अधिकारी, बिनोद पटेल, कृष्णा आचार्य, घनश्याम गिरि, सरोज बस्नेत लगायतकाले रक्तदान गरेकाे उनले वताए ।
 
रक्तदाताहरुलाई संस्थाकाे नामक लेखिएकाे टिसर्ट समेत वितरण गरिएकाे थियो ।
 
रक्तदान कार्यक्रममा रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवको रोहबरमा उदय प्रसाद जैसवाल, लिलाधर साह, शेखर गुप्ता, शेख एकरामुल र रामनरेस यादवले प्राबिधिक सहयोगमा भएकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...