Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

जनकपुर राजधानी भएपछि वीरगंजमा मुख्यमन्त्रीकाे पुत्ला जलाइयाे

spot_img
spot_img

वीरगंज । प्रदेश २ काे स्थायी राजधानी जनकपुरधाम घोषणा भएपछि गृह जिल्ला पर्सामा मुख्यमन्त्री लालबाबु राउतकाे पुत्ला जलाइएको छ । लोसपा निकट युवाहरुले वीरगंजकाे घण्टाघर चोकमा साेमबार सांझ मुख्यमन्त्री राउतको पुत्ला दहन गरेका हुन् ।

मुख्यमन्त्री राउतले वीरगञ्जविरुद्ध षडयन्त्र गरेर जनकपुरलाई प्रदेशको राजधानी बनाएको आरोप लगाउँदै स्थानीय युवाहरुले उनिविरुद्ध नाराबाजी गर्दै पुत्ला जलाएका थिए ।

आक्रोशित युवाहरुले वीरगञ्जको घण्टाघरमा “मुख्यमन्त्री लालबाबु मुर्दाबाद”, “मुख्यमन्त्री चाहिँदिन, वीरगञ्ज बेच्न पाइदैन” लगायतका नारा लगाउँदै उनको पुत्ला जलाए ।

पुत्ला जलाउन पुगेका युवा र रोक्न गएका प्रहरी बीच केहि समय तनाव समेत भएकाे लाेसपाका नेता मुकेश द्विवेदीले वताए ।

मुख्यमन्त्री राउत वीरगञ्जको स्थानीय हुँदाहुँदै पनि उनले यसलाई राजधानी बनाउन कुनै पहल नगरेको र उल्टै जनकपुरको पक्षमा उभिएका आन्दाेलित युवाहरुले आराेप लगाएका छन् ।

प्रदर्शन तथा पुत्ला दहनमा सुजित गिरी, राजु गुप्ता, सशी पाण्डे, महादेव कुर्मी, शिवजी गुप्ता, सागिर अली, अली हसन लगायतकाे सहभागिता रहेकाे थियाे ।

सोमबार जनकपुरस्थित प्रदेशसभाबाट दुई तिहाईको बहुमतले प्रदेशको राजधानी जनकपुरधाम र नाम मधेस पारित भएको छ ।

 कुल एक सय चार सांसद रहेकाे प्रदेश सभामा ९९ मत खसेकाे थियाे । जसमा जनकपुरलाई राजधानी बनाउने प्रस्तावको पक्षमा ७८ मत परेको थियो । दुईतिहाइ बहुमतका लागि ७० मत आवश्यक थियो । 

प्रदेश २ को नाम मधेश प्रदेश दुई तिहाइ बहुमतले पारित भएको छ । मधेश प्रदेश प्रदेश सभामा तीन दलकाे संयुक्त प्रस्ताव थियाे।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन गरेको थियो ।   

प्रदेश २ सभामा हाल कायम १ सय ४ जना सांसद मध्ये ९९ मत खसेको थियो, जसमा मधेश प्रदेशको पक्षमा ८० मत खसेको छ। 

नामको लागि चारवटा प्रस्ताव भएका थिए । नेकपा (एकीकृत समाजवादी) ले जानकी प्रदेश, कांग्रेसले मिथिला भोजपुरा प्रदेश र कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले मध्य मधेश प्रदेश नाम प्रस्ताव गरेका गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...