Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

जनकपुर राजधानी भएपछि वीरगंजमा मुख्यमन्त्रीकाे पुत्ला जलाइयाे

spot_img
spot_img

वीरगंज । प्रदेश २ काे स्थायी राजधानी जनकपुरधाम घोषणा भएपछि गृह जिल्ला पर्सामा मुख्यमन्त्री लालबाबु राउतकाे पुत्ला जलाइएको छ । लोसपा निकट युवाहरुले वीरगंजकाे घण्टाघर चोकमा साेमबार सांझ मुख्यमन्त्री राउतको पुत्ला दहन गरेका हुन् ।

मुख्यमन्त्री राउतले वीरगञ्जविरुद्ध षडयन्त्र गरेर जनकपुरलाई प्रदेशको राजधानी बनाएको आरोप लगाउँदै स्थानीय युवाहरुले उनिविरुद्ध नाराबाजी गर्दै पुत्ला जलाएका थिए ।

आक्रोशित युवाहरुले वीरगञ्जको घण्टाघरमा “मुख्यमन्त्री लालबाबु मुर्दाबाद”, “मुख्यमन्त्री चाहिँदिन, वीरगञ्ज बेच्न पाइदैन” लगायतका नारा लगाउँदै उनको पुत्ला जलाए ।

पुत्ला जलाउन पुगेका युवा र रोक्न गएका प्रहरी बीच केहि समय तनाव समेत भएकाे लाेसपाका नेता मुकेश द्विवेदीले वताए ।

मुख्यमन्त्री राउत वीरगञ्जको स्थानीय हुँदाहुँदै पनि उनले यसलाई राजधानी बनाउन कुनै पहल नगरेको र उल्टै जनकपुरको पक्षमा उभिएका आन्दाेलित युवाहरुले आराेप लगाएका छन् ।

प्रदर्शन तथा पुत्ला दहनमा सुजित गिरी, राजु गुप्ता, सशी पाण्डे, महादेव कुर्मी, शिवजी गुप्ता, सागिर अली, अली हसन लगायतकाे सहभागिता रहेकाे थियाे ।

सोमबार जनकपुरस्थित प्रदेशसभाबाट दुई तिहाईको बहुमतले प्रदेशको राजधानी जनकपुरधाम र नाम मधेस पारित भएको छ ।

 कुल एक सय चार सांसद रहेकाे प्रदेश सभामा ९९ मत खसेकाे थियाे । जसमा जनकपुरलाई राजधानी बनाउने प्रस्तावको पक्षमा ७८ मत परेको थियो । दुईतिहाइ बहुमतका लागि ७० मत आवश्यक थियो । 

प्रदेश २ को नाम मधेश प्रदेश दुई तिहाइ बहुमतले पारित भएको छ । मधेश प्रदेश प्रदेश सभामा तीन दलकाे संयुक्त प्रस्ताव थियाे।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन गरेको थियो ।   

प्रदेश २ सभामा हाल कायम १ सय ४ जना सांसद मध्ये ९९ मत खसेको थियो, जसमा मधेश प्रदेशको पक्षमा ८० मत खसेको छ। 

नामको लागि चारवटा प्रस्ताव भएका थिए । नेकपा (एकीकृत समाजवादी) ले जानकी प्रदेश, कांग्रेसले मिथिला भोजपुरा प्रदेश र कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले मध्य मधेश प्रदेश नाम प्रस्ताव गरेका गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...