Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

वीरगंजलाई राजधानी बनाउन मुख्यमन्त्रीकाे घर अगाडी प्रदर्शन

spot_img
spot_img

वीरग‌ंज । प्रदेश नम्बर २ स्थायी राजधानी वीरगञ्जलाई बनाउनु पर्ने माग गर्दै मुख्यमन्त्री लालबाबु राउतकाे घर अगाडी आइतबार विरोध प्रदर्शन भएको छ । लाेसपा निकट युवाहरुले वीरगञ्जलाई राजधानी बनाउन दवाव सृजना गर्ने उद्देश्यले मुख्यमन्त्री राउतकाे घर अगाडी विरोध प्रदर्शन गरेका हुन् ।

युवाहरुले मुख्यमन्त्री राउतको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलस्थित निवास अगाडी विभिन्न नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए । वीरगञ्जलाई राजधानी नबनाए कडा प्रतिकार गर्ने उनीहरुले चेतावनीसमेत दिएका दिएका छन् ।

 मुख्यमन्त्री राउतले आफ्नो पद जोगाउनका लागि वीरगञ्जलाई धोका दिएर जनकपुरको पक्षमा मतदान गर्न लागेको उनीहरुको आरोप छ । प्रदर्शनमा सहभागिहरुले “मुख्य मन्त्री चाहिदैन्, वीरगंज बेच्न पाइदैन” लगायकाे नारा लगायका थिए ।

मुख्यमन्त्री राउतले प्रदेश २ को राजधानी जनकपुर की वीरगञ्ज भनेर आफ्नो धारणा स्पष्टसंग सार्वजनिक नगरेको कारण पनि उनि आफ्नो पद जोगाउन जनकपुरको पक्षमा रहेर वीरगञ्जसँग गद्दारी गरिरहेको आराेप लगाएका छन् । 

संघीयता स्थापना गर्नेदेखि विभिन्न चरणमा भएको मधेस विद्रोह लगायतका आन्दोलनहरुमा समेत वीरगञ्जले प्रदेश नम्बर २ को अन्य स्थानभन्दा धेरै योगदान गरेको र हरेक प्रकारले राजधानीका लागि वीरगञ्ज उपयुक्त रहेको उनीहरुको भनाई छ ।

विराेध प्रदर्शनमा लाेसपाका युवा नेता सुजीत गिरी, राजु गुप्ता, महादेव कुर्मी, सजीव यादव, पुरोषत्तम पटेल, शिवजी गुप्ता, अलीहसन, सुरज गुप्ता, विवेक कुमार झा, सगिर अली, अंकित मिश्रा लगायतकाे सहभागीता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...