Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

वीरगंजलाई राजधानी बनाउन मुख्यमन्त्रीकाे घर अगाडी प्रदर्शन

spot_img
spot_img

वीरग‌ंज । प्रदेश नम्बर २ स्थायी राजधानी वीरगञ्जलाई बनाउनु पर्ने माग गर्दै मुख्यमन्त्री लालबाबु राउतकाे घर अगाडी आइतबार विरोध प्रदर्शन भएको छ । लाेसपा निकट युवाहरुले वीरगञ्जलाई राजधानी बनाउन दवाव सृजना गर्ने उद्देश्यले मुख्यमन्त्री राउतकाे घर अगाडी विरोध प्रदर्शन गरेका हुन् ।

युवाहरुले मुख्यमन्त्री राउतको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलस्थित निवास अगाडी विभिन्न नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए । वीरगञ्जलाई राजधानी नबनाए कडा प्रतिकार गर्ने उनीहरुले चेतावनीसमेत दिएका दिएका छन् ।

 मुख्यमन्त्री राउतले आफ्नो पद जोगाउनका लागि वीरगञ्जलाई धोका दिएर जनकपुरको पक्षमा मतदान गर्न लागेको उनीहरुको आरोप छ । प्रदर्शनमा सहभागिहरुले “मुख्य मन्त्री चाहिदैन्, वीरगंज बेच्न पाइदैन” लगायकाे नारा लगायका थिए ।

मुख्यमन्त्री राउतले प्रदेश २ को राजधानी जनकपुर की वीरगञ्ज भनेर आफ्नो धारणा स्पष्टसंग सार्वजनिक नगरेको कारण पनि उनि आफ्नो पद जोगाउन जनकपुरको पक्षमा रहेर वीरगञ्जसँग गद्दारी गरिरहेको आराेप लगाएका छन् । 

संघीयता स्थापना गर्नेदेखि विभिन्न चरणमा भएको मधेस विद्रोह लगायतका आन्दोलनहरुमा समेत वीरगञ्जले प्रदेश नम्बर २ को अन्य स्थानभन्दा धेरै योगदान गरेको र हरेक प्रकारले राजधानीका लागि वीरगञ्ज उपयुक्त रहेको उनीहरुको भनाई छ ।

विराेध प्रदर्शनमा लाेसपाका युवा नेता सुजीत गिरी, राजु गुप्ता, महादेव कुर्मी, सजीव यादव, पुरोषत्तम पटेल, शिवजी गुप्ता, अलीहसन, सुरज गुप्ता, विवेक कुमार झा, सगिर अली, अंकित मिश्रा लगायतकाे सहभागीता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...