Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

छात्राहरुकाे लागि विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण

spot_img
spot_img

वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं. ९ वडा कार्यालयले छात्राहरुको लागि २ सय थान सेनेटरी प्याड वितरण गरेको छ । नगरपालिकाको वडा नं. ९ स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बडेर्वाका प्रधानाध्यापक चेतमन प्रसाद दासलाई वडाध्यक्ष रामनारायण प्रसाद गौरोले एक कार्यक्रमबीच सेनेटरी प्याड हस्तान्तरण गरेका हुन् ।

बढ्दो चिसोको बेला छात्राहरुलाई महिनावारी आएपछि विद्यालय आउनमा समस्या हुने गरेकोलाई मध्यनजर गर्दै कक्षा ८ देखि १० सम्मका छात्राहरुको लागि उक्त सेनेटरी प्याड वितरण गरिएको वडाध्यक्ष गौरोले जानकारी दिए । उनले महिनावारीको कारण चिसोको समयमा विद्यालयमा छात्राहरुको उपस्थिति कम हुने गरेकोले त्यसलाई मध्यनजर गर्दै छात्राहरुको अध्ययनमा प्रभावित नहोस् भन्ने उद्देश्यले विद्यालयमा छात्राहरुको लागि सेनेटरी प्याड वितरण गरिएको बताए ।

ग्रामीण भेगका कतिपय छात्राहरुको गरिबी अवस्थाका कारण सेनेटरी प्याड किन्न नसक्ने भएकोले तिनीहरुले घरमा पनि लैजान पाउने उद्देश्यले वितरण गरिएको र पुनः चाहिएको अवस्थामा अझै उपलब्ध गराईने वडाध्यक्ष गाैराेले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...