Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

छात्राहरुकाे लागि विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण

spot_img
spot_img

वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं. ९ वडा कार्यालयले छात्राहरुको लागि २ सय थान सेनेटरी प्याड वितरण गरेको छ । नगरपालिकाको वडा नं. ९ स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बडेर्वाका प्रधानाध्यापक चेतमन प्रसाद दासलाई वडाध्यक्ष रामनारायण प्रसाद गौरोले एक कार्यक्रमबीच सेनेटरी प्याड हस्तान्तरण गरेका हुन् ।

बढ्दो चिसोको बेला छात्राहरुलाई महिनावारी आएपछि विद्यालय आउनमा समस्या हुने गरेकोलाई मध्यनजर गर्दै कक्षा ८ देखि १० सम्मका छात्राहरुको लागि उक्त सेनेटरी प्याड वितरण गरिएको वडाध्यक्ष गौरोले जानकारी दिए । उनले महिनावारीको कारण चिसोको समयमा विद्यालयमा छात्राहरुको उपस्थिति कम हुने गरेकोले त्यसलाई मध्यनजर गर्दै छात्राहरुको अध्ययनमा प्रभावित नहोस् भन्ने उद्देश्यले विद्यालयमा छात्राहरुको लागि सेनेटरी प्याड वितरण गरिएको बताए ।

ग्रामीण भेगका कतिपय छात्राहरुको गरिबी अवस्थाका कारण सेनेटरी प्याड किन्न नसक्ने भएकोले तिनीहरुले घरमा पनि लैजान पाउने उद्देश्यले वितरण गरिएको र पुनः चाहिएको अवस्थामा अझै उपलब्ध गराईने वडाध्यक्ष गाैराेले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...