Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

रुपमालाकाे हत्यामा संलग्न आमा, छाेरा पक्राउ

spot_img
spot_img

वीरगंज । बालिकालाई जवर्जस्ती करणी गरी हत्या गरेकाे आराेपमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । बाराकाे आदर्श कोतवाल गाउँपालिका वडा नं.७ कोतवाली टोलकी ९ बर्षिय रुपमाला कुमारी साहकाे हत्यामा संलग्न आमा र छाेरालाई प्रहरीले पक्राउ गरेकाे हाे । 

पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिकाकाे वडा नं.८ टोल कोतवालीका २० बर्षिय संतोष साह कानु र ४० बर्षिय उनकाे आमा शान्ति देवी रहेका छन् । 

पुस २५ गते दिउँसोको समयमा घरबाट बाख्रा लिई चराउन गएकी रुपमाला हराई बेपत्ता भएकी थिइन । निज रुपमाला पुस २७ गते दिउँसो १२:३० बजे आदर्शकोतवाल गाउँपालिकाकाे वडा नं.८ टोल कोतवालीस्थित जमुनी खोलामा मृत अवस्थामा फेला परेकी थिइन ।

मृतकको लास फेला परेको सूचना प्राप्त हुनसाथ तत्काल जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक राजेश थापा तथा अनुसन्धान अधिकृत समेतको टोली घटनास्थलमा खटी गई घटनास्थलको अवलोकन गर्दा निज नाबालिकाको घाटी कसी टाउँको समेतमा प्रहार गरी कर्तव्य गरी मारी फालेको देखिएको थियाे । त्यसपछि प्रहरीले कुकुर सहितको विशेषज्ञ प्रहरी टोली झिकाई घटनास्थलको सुक्ष्म अवलोकन गरेकाे थियाे ।

घटना पश्चात प्रारम्भिक अनुसन्धानको क्रममा मृतकसँगै बाख्रा चराई रहेका व्यक्तिहरूले मृतक खाने पानी लिन मृतक लाश फेला परेको स्थान नजिकै रहेको बिन्देश्वर साह कानुको कुखुरा फारम तर्फ गएको सो पश्चात फर्कि नआएको खुलेकाे छ ।

सो दिन उक्त कुखुरा फारममा पक्राउ परेका संतोष बाहेक अन्य व्यक्ति नरहेको भनी बुझिन आए पश्चात निजलाई नियन्त्रणमा लिई प्रविधिको सहयोगमा सोधपुछ गर्दा मृतक पानी लिन आएको बखत उनले घटना घटाएको भनी स्विकार गरेको प्रहरीले दाबी गरेकाे छ ।

उक्त अपराधमा पक्राउ परेका संताेषकी आमा  शान्तिले अपराध पुष्टी हुने दशीहरू लोप गर्ने प्रयास गरेको प्रहरीकाे भनाई छ ।

पक्राउ परेका संतोष र शान्तिलाई ज्यान सम्बन्धी कसूरमा बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप गरी  थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए ।

घटना अनुसन्धानको लागि तालुक २ नं. प्रदेश प्रहरी कार्यालयबाट समेत प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतोको कमाण्डमा खटिएको टोली र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक थापा समेतको प्रहरी टोली संयुक्त रूपमा सुक्ष्म अनुसन्धान गरेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...