Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

सशस्त्र प्रहरी उपरीक्षक खड्काकाे बिदाई

spot_img
spot_img

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च पर्साले शनिबार सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकालाई एक समारोहकाबीच बिदाई गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नं. गर्ण हेडक्वाटर पर्सा वीरगंजबाट ए.पी. एफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौँमा सरुवा हुनुभएका एसपी खड्कालाई फूलमालासहित प्रशंसा पत्रले सम्मान गर्दै बिदाई गरिएको हो ।

होटल मकालुमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका एसपी खड्काले सम्मान गरेको संस्थाप्रति धन्यवाद प्रकट गरेका थिए । उनले पर्सा जिल्लाको बसाईमा यहाँको आम जनता, व्यापारी, विभिन्न संघ, संस्था , समाजसेवी, सञ्चारकर्मी लगायतहरुबाट निकै सहयोग पाएको बताए ।

एसपी खड्काले यहाको बसाई आफ्नो लागि अविस्मरणीय रहने र कामको सिलसिलामा ज्ञात, अज्ञातमा कसैको चित दुःखेकोमा यसै कार्यक्रम मार्फत छमा, याचना गरिदिन आग्रह गरेका थिए । उनले आफू यस ठाउबाट निकै अनुभव प्राप्त गरेको बताए ।

उनले यहाका जनताहरू साच्चिकै इमान्दार र सहयोगी रहेको वताउँदै प्रशंसा गरेका थिए । यसका साथै एसपी खड्काले आफू जहा रहे पनि यस क्षेत्रको विकासको लागि आवश्यकता अनुसार आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष तथा संस्थाका सल्लाहकार सुबोध कुमार गुप्ताले शुभकामना व्यक्त गर्दै एसपी खड्काको १८ महीने कार्यकाल निकै नै प्रशंसा योग्य रहेको र वहाले ९ वटा सशस्त्र प्रहरी क्याम्पलाई बढाएर आज १८ वटा क्याम्प बनाउन सफल हुनु भएकोमा आगामी दिनमा डि. आई.जी बनेर देशको सेवा गरून् भन्ने शुभकामना दिएका थिए ।

उनले देशका प्रशासनिक निकायका व्यक्तित्वहरुलाई हरेक संघ, संस्थाहरूले मान सम्मान गर्नुपर्ने आफ्नो धारणा राखेका थिए ।

यसैगरी अर्का विशिष्ट अतिथि बिपीसी क्याम्पस प्रमुख तथा संस्थाका सलाहकार दीपक शाक्याले एसपी राजेन्द्र खड्काको आगामी कार्यकाल सफल होस भन्ने शुभकामना दिएका थिए । उनले छोटो समयमा यस्तो राम्रो कार्यक्रम आयोजना गरेको संस्थाका सम्पूर्ण पधादीकारीलाई धन्यवाद दिएका थिए ।

मंचका अध्यक्ष प्रणय कुमारको अध्यक्षतामा भएकाे कार्यक्रमको सञ्चालन संस्थाका सचिव बीरेन्द्र साहले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष आनन्द पटेलले राखेका थिए । कार्यक्रममा संस्थाका सलाहकार शिवशंकर साह, कोषाध्यक्ष उपेन्द्र बरै, सदस्य गयासु मिया देवान लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...