Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

पटेर्वा सुगाैलीमा एक सय जनाद्वारा रक्तदान

spot_img
spot_img
वीरगंज । माघे संक्रान्तिको अवसरमा पर्साकाे पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ मा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । नव जागृत युवा क्लबकाे आयाेजनामा भएकाे कार्यक्रममा १ महिलासहित एक सय जनाले रक्तदान गरेकाे रेडक्रस पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।
  
क्लबका अध्यक्ष सिबेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कबिता देबि, शिबेन्द्र कुमार चौधरी, राम सुन्दर पन्जियार थारु,  निरन्जन चौधरी, सशिकान्त प्रसाद, सिकेन्द्र दास, महेस्वर राम थारु, हरिदेव पसाद दास, अनिल कुमार दास, देवराज चौधरी लगायतकाले रक्तदान गरेको श्रीवास्तवले जानकारी गराए ।
पटेर्वा सुगाैली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले उद्घाटन गरेकाे रक्तदान कार्यक्रममा पटेर्वा सुगाैली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो लगायतकाकाे सहभागिता रहेकाे थियाे ।
 
रक्त संचार केन्द्रकाे प्राविधिक सहयाेगमा भएकाे कार्यक्रममा रक्तदान गर्नेहरुलाई टिसर्ट र प्रमाण पत्रले सम्मानित गरिएको थियो भने रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवको कमान्डमा प्राबिधिक टोलिले सहयोग गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...