Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

झाैवामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकाकाे वडा नं. ४ झाैवागुठीमा शुक्रबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । बिन्दवासिनी गाउँपालिकाकाे सहयाेग र प्रभु हस्पिटलकाे समन्वय तथा पर्सा डेभलपमेन्ट प्रा.लि. पर्साकाे आयाेजनामा शिविर सम्पन्न भएकाे हाे ।

श्री रा.रा.चौरसिया मा.वि. झौवामा भएकाे शिविरमा ४२७ जनाले स्वास्थ्य परिक्षण गराएकाे आयाेजक संस्थाका हृदेश यादवले जानकारी दिए । शिविरमा सहभागि बिरामीहरुलाई निशुल्क औषधीसमेत वितरण गरिएकाे उनले जानकारी गराए । 

शिविरमा सहभागिहरुकाे प्रभु हस्पिटल वीरगंजका महिला तथा निशन्तान एवम् स्त्री राेग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता, लेप्राेस्काेपी र पथली राेग विशेषज्ञ एवम् बरिष्ठ सर्जन डा. मनाेज कुमार गुप्ता, बालराेग विशेषज्ञ डा. नविन झा र फिजिसियन डा. असरफले स्वास्थ्य परिक्षण गरेका थिए । 

शिविरमा गाउँ कार्यपालिका सदस्य रामचन्द्र प्रसाद चाैरसिया, गाउँपालिका स्वास्थ्य संयाेजक नरेश चाैहान, प्रभु हस्पिटलका कुन्दन गुप्ता, आयाेजक संस्थाका प्रकाश गुप्ता लगायतकाे सहभागिता रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...