Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

महिला बचतकाे भवन निर्माण गर्ने सांसद यादवले लिए जिम्मा

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं.१ का संघीय सांसद प्रदीप यादवले महिलाहरुद्वारा संचालित ‘एकता महिला बचत तथ ऋण सहकारी संस्था लिमिटेडको भवन निर्माणको जिम्मा लिनु भएको छ । एकता महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सांसद यादवले संस्थाको भवन निर्माणको सबै खर्चको जिम्मा लिएका हुन् ।

सांसद यादवले,” तपाईहरु जग्गा रोज्नुहोस् ,भवन निर्माण कहाँबाट कसरी गर्ने त्यो मेरो जिम्मा हो” भन्नू भयो । सभालाई सम्बोधन गर्दै उनले, वीरगंज महानगरपालिकाले कसैलाई जग्गा र कसैको भवन निर्माण गर्दै आएको भए पनि महानगर भित्र कै महिलाहरुलाई वास्ता नगरेको आरोप समेत लगाए ।”

महानगरपालिका संग जग्गा उपलब्ध गराउनुहोस् ,भवन निर्माणको जिम्मा मेरो हो” सांसद यादवले थप भने । वीरगंजको लक्ष्मिनारायण पार्टी प्यालेसमा आयोजित वार्षिक साधारसभामा बोल्दै सांसद यादवले अब मधेशी महिला घुम्टो भित्र रहिरहने अवस्था नरहेको समेत उल्लेख गरे ।

उनले ,”घुम्टो प्रथाको अन्त्य भईसकेको छ र अब मधेशी महिलाले पनि आर्थिक उन्नतिमा आफ्नो पाईला चालेको देखेर खुशी लागेको वताए । “तपाईहरुको सहयोगमा निरन्तर साथ दिने बाचा गर्दछु” यादवले भने ।

महानगरको ९ वटा वडाको २७ वटा समुदायमा विस्तार भएको ‘एकता महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड’मा महिला, पुरुष र बालबालिका गरि चौबीस सय बढी सदस्य आवद्ध छन । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...