Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

जगरनाथपुरमा हिन्दू परिषदको कमिटी गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाँउपालिकामा हिन्दू परिषद नेपालकाे गाउँ कमिटी गठन भएकाे छ । गाँउपालिकाको मसिहानी मुख्य चौकमा भएकाे एक भेलाले मनोज पटेलकाे अध्यक्षतामा ३७ सदस्यीय कमिटी गठन गरेकाे हाे ।

नवगठित कमिटीकाे उपाध्यक्ष शिवदयाल मुखिया, सचिव भूपेन्द्र चौहान, कोषाध्यक्ष दीपेन्द्र चौधरी, कार्य समिति सदस्यहरुमा रूपेश यादव, बिन्दा साह तेली, बिरेन्द्र यादव, बिनोद पटेल, अनिल पंडित, रामजी पटेल, चन्द्रिका सहनी, उमेश गिरी, दीपेन्द्र पटेल, रविन्द्र पटेल, जोखू मुखिया, फनु पटेल, बिन्दा पटेल, कनैया मुखिया, चौकट मुखिया, मड़ई मुखिया, शिव पटेल, भनु मुखिया, शिवम हजाम, बिगा सहनी, लखराज साह तेली, नागेन्द्र पटेल, सोनालाल लोहार, मुना पटेल, भिखारी मुखिया, बुनिलाल साह गोड़, भोला लोहार, मनोज राउत रहेका छन ।

भेलाले परिषदकाे सल्लहकारमा प्रतिम मुखिया बिन र रामपूजन पटेललाई चयन गरेकाे छ । 

 भेलालाई सम्बोधन गर्दै हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहको बताए । नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएकाेमा चिन्ता व्यक्त गर्दै धार्मिक आन्दोलन गर्नुपर्ने बताए ।

उनले हिन्दू राष्ट्रका लागि पर्साबाटै नै निर्णायक धार्मिक आन्दोलन सुरु गर्नु पर्ने बताए । “जय श्रीराम हर हर महादेव जय माता दीबाट अब हाम्रो आन्दोलन अगाडि बढ्नुपर्छ” उनले भने, “यो आन्दोलन सुरु गरेर मेची–महाकाली हल्लाउनुपर्छ ।”

भेलामा हिन्दू परिषद नेपालका केन्द्रीय सदस्यहरु लालबाबु प्रसाद कुर्मी, सुरेश साह कानू, अधिवक्ता बिनोद प्रसाद कुर्मी, सचिवालय सदस्य लालबाबु बनिया, पोखरिया नगर अध्यक्ष अखलेश प्रसाद कुर्मी, जिल्ला सदस्य अमोद कुमार केवट लगायतकाले शुभकामना ब्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...