Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

सबैठवामा नि:शुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवामा शनिबार निशुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।

पकहा मैवपुर गाउँपालिका वडा नं. ५ काे सहयोग र पर्सा सीपमूलक तालीम केन्द्र धोबिनी–३ को आयोजनामा भएकाे शिविरमा २८२ जनाको आँखा परीक्षण गरिएको आयाेजक संस्थाका अरविन्द पटेलले जानकारी दिए । जस मध्ये ६३ जनामा मोतियाबिन्दु फेला परेको पटेलले जानकारी गराए ।

नारायणी आँखा अस्पतालकाे प्राविधिक सहयाेगमा भएकाे शिविरमा  बिरामीहरूलाई नि:शुल्क औषधी समेत वितरण गरिएकाे थियो । 

वडाध्यक्ष लेखमन पटेलको सभापत्विमा भएकाे शिविरमा प्राविधिक अधिकृत मुर्लीधर पाण्डे, सन्तोष चौरसिया, नुरैन आलम, भक्तबहादुर क्षेत्री, विक्रम पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...