Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

नितनपुरमा ७८ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वड़ा नं. १० नितनपुरमा शनिबार वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगञ्ज, सेन्ट्रल, हेल्दी, तथा लियो क्लब ऑफ बीरगंज तथा गंजभवानीपुरको संयुक्त आयोजनामा भएकाे कार्यक्रममा ३ महिलासहित ७८ जनाले रक्तदान गरेकाे क्लबका सचिव पप्पू श्रीवास्तवले जानकारी दिए ।

क्बलका निवर्तमान अध्यक्ष बिजय गुप्ताकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन रक्तादन गरी वडा नं. १० का वडाध्यक्ष सरोज पटेलले गरेका थिए ।

साे कार्यक्रममा रंजु पटेल, माला साह, आरती पटेल, विकास कुमार यादव, संजय साह, सुनील दास, जितेन्द्र यादव, रोशन यादव, अरबाज मियाँ, रामदरस पंडित,  दीपेश साह, दीपक मण्डल, दीपू साह, राजू मण्डल, राजाबाबू साह, श्याम कुमार क्षेत्री लगायतले रक्तदान गरेको लियो क्लब ऑफ वीरगंजका पूर्व अध्यक्ष दीपेन्द्र यादवले जानकारी दिए ।

रक्त संचार केन्द्र वीरगंजको प्राविधिक सहयाेगमा भएकाे रक्तदान कार्यक्रममा प्रहरी नायब निरीक्षक (सइ) रोशन अधिकारी, सुनील गुप्ता, दीपक गुप्ता, दीपेन्द्र यादव, प्रभात चौरसिया, धीरेन्द्र झा लगायतको उपस्थिती रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...