Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

चाेरी गरेकाे माेटरसाइकलबाट दुर्घटना भएपछि चाेर पक्राउ

spot_img
spot_img

वीरगंज । चाेरी गरेर भाग्दै गरेकाे माेटरसाइकलबाट दुर्घटना भएपछि एक जना माेटरसाइकल चाेर पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१५ स्थित सडकखण्डबाट मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नं.३ बस्ने  बर्ष २० को मिलन दोङलाई पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थित सडकखण्डमा पार्किङ गरी राखिएकाे चितवनकाे भरतपुर नगरपालिका वडा नं.९ बस्ने कुन्जन उप्रेतीकाे प्रदेश २-०३-०१४ प २५८० नम्बरको कालो रंगको सुपर स्पेलेण्डर मोटरसाइकल चाेरी गरेर भाग्दै गरेकाे अवस्थामा वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१५ स्थित सडकखण्डमा दुर्घटनाभएपछि माेटरसाइकल चालक दाेङ पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बिहिबार सांझ ७ बजे दुर्घटना भएकाे जानकारी प्राप्त हुन साथ घटनास्थल पुगेकाे प्रहरीले पैदल यात्रुलाई ठक्कर दिने सुपर स्पेलेण्डर मोटरसाइकल चालक दोङ र सो मोटरसाइकल नियन्त्रणमा लिएकाे थियाे ।

घटना बारे आफु समेत घाइते भएका माेटरसाइकल चालक दाेङसंग सोधपुछ गर्दा उक्त मो.सा. निज दोङले चोरी भाग्दै गरेको खुल्न आएको हुँदा निज चालक उपर चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

यस्तै, मोटरसाइकल चोरी गर्दागर्दै अवस्थामा एक जनालाई बुधबार पनि प्रहरीले पक्राउ गरेकाे थियाे । बिआर २२ बि ०३८७ भारतीय नम्बरको कालो रंगको हिरो होण्डा स्पेलेण्डर प्लस मोटरसाइकल चक्कुले लक भाँची चोरी गरी भाग्दै गरेकाे माेटरसाइकल चोरीमा संलग्न वीरगञ्ज महानगरपालिका वडा नं.१४ बस्ने बर्ष २३ को आशिष यादवलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । 

बुधबार सांज ७:३० बजे वीरगञ्ज महानगरपालिकाकाे वडा नं.८ पानीट्याङकीस्थित सडक छेउमा पार्किङ गरी राखेको भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम पञ्चायत परेउवा वडा नं.१ बस्ने सोनु बाबु गुप्ताको माेटरसाइकल चाेरी भएकाे थियाे ।

पिडितले माेटरसाइकल चाेरी भएकाे प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भाग्दै गरेकाे उक्त मोटरसाइकलसहित चाेरीमा सलंगन यादवलाई पक्राउ गरेकाे प्रवक्ता खनालले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय दलित पत्रकार संघकाे दाेस्राे महाधिवेशन सम्पन्न, अध्यक्षमा बराइली निर्वाचित

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न महाधिवेशनले बराइलीको नेतृत्वमा नयाँ...

विश्व वातावरण दिवसको अवसरमा वीरगंजमा साइकल र्‍याली

वीरगंज । विश्व वातावरण दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योति स्कुलको सहकार्यमा बुधबार जनचेतनामूलक साइकल र्‍याली आयोजना गरेको छ ।...

सर्कल अफ केयरद्वारा पर्सा ट्राफिक प्रहरीलाई पानी डिस्पेन्सर सहयोग

वीरगंज । सामाजिक उत्तरदायित्व तथा सेवामूलक गतिविधिमा सक्रिय संस्था सर्कल अफ केयर (Circle of Care) ले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सालाई एक थान पानी...