Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

ठाकुर राममा राष्ट्रिय विद्यार्थी संघको एकाई कमिटि गठन

spot_img
spot_img

वीरगंज । ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा लोकतान्त्रिक समाजवादी पार्टी निकटको विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघले एकाई कमिटि गठन गरेको छ ।

क्याम्पसको सभाहलमा अमित यादवको अध्यक्षतामा भएकाे भेलाले माे. सागिर अलीकाे अध्यक्षतामा ५१ सदस्यीय कमिटि गठन गरेको हाे । नवगठित कमिटिकाे उपाध्यक्षमा सागर साह, सविर हुसैन, गिरधारी, रवि शंकर यादव, सचिवमा विवेक कुमार झा,सह- सचिवमा अंकित मिश्र, उज्वल यादव, माजिद हुसैन र कोषाधयक्षमा अन्जली जयसवाल रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष अलीले दश वर्षे परिपाटीको अन्त्य भएको वताए । उनले भने “दश वर्षदेखि एउटै व्यक्तिले अध्यक्ष पद कब्जा गरि बसिराखेकोले अरु कार्यकर्ताले मौका पाउन सकेका थिएनन् र संगठन फ़ित्तलो बन्दै गएको थियो, यस क्याम्पस कै इतिहासमा पहिलो पल्ट विद्यार्थी संगठनले नयाँ कार्यभारसहित नयाँ कमिटि गठन भएको छ।” 

उनले, अब राजनीतिमा विद्यार्थीहरु आन्दोलनको लागि मात्रै नभए नीति निर्माणमा समेत चाँसो र हिस्सेदारी लिनु पर्ने वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...