Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

वनबाट चोरी गरी घरमा राखिएको सालको काठ बरामद

spot_img
spot_img

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले राष्ट्रिय वनबाट अबैध रुपमा चोरी गरी घरमा राखीएको सालको काठ बरामद गरेकाे छ ।

प्रहरी निरिक्षक रामकाजी थापा नेतृत्वकाे गस्ती टोलीले वीरगंज माहानगरपालीकाकाे वडा नं. ३२ टोल रामबन बस्ने आइते बिक, नर बहादुर बिक, अर्जुन खत्री, टिका पौडेल, गोपाल पौडेल घरमा छापमारी गरी ६४.११ क्युफिट काठ बरामद गरेकाे हाे ।

सालको गोलाई, चिरपट, चौकठ, चिरान गर्ने दुई ओटा मोटर मेसीन, साईकल, फर्निचर बनाउने समानहरु लगायतको बरामद गरिएकाे इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीले जनाएकाे छ ।

बिशेष सुचनाको आधारमा गएकाे प्रहरी गस्ती टाेलीमा सव डिभिजन बन कार्यालय मधुवन मथवल बढनिहार, सव डिभिजन बन कार्यालय सबैया, सबैया साझेदारी बन लगायतकाको सहभागिता रहेकाे थियाे ।

साथै प्रहरी निरिक्षक थापा नेतृत्वकाे टोलीले नै सोहि टोलमा लगाईको एक कठ्ठा गाँजा खेती, एकहजार लीटर कच्चा घरेलु मदिरा समेत नष्ट गरेकाे छ ।

बरामत गरिएको काठ र मेसिनलाई आवश्यक कारवाहीको लागि सव डिभिजन बन कार्यालय मधुवन मथवल बढनिहारमा राखिएको छ भने फरार रहेका ब्यक्तिहरुलाई पक्राउ गरी आवश्यक कारवाही गरिने साझेदारीका अध्यक्ष लखनलाल साह कानुले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...