Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

बिपिसी सिङ्गीङ् आईडल सम्पन्न

spot_img
spot_img

वीरगंज । बिपिसी सिङ्गीङ् आईडल र टेलिभिजन समाचार बाचन प्रतियोगिता बिहिबार सम्पन्न भएको छ । वीरगञ्ज पब्लिक कलेज (बिपिसी) को सप्ताहव्यापी खेल तथा सांस्कृति कार्यक्रमकाे अन्तिम दिन प्रतियाेगिता सम्पन्न भएकाे हाे । 

बिपिसीले विद्यार्थीहरुको क्षमता अभिवृद्धि र व्यक्तित्वका विकासका निम्ती साप्ताहिक रुपमा विभिन्न १० भन्दा बढी प्रतियोगिताहरुको आयोजना गरेको थियो । प्रतियाेगितामा क्लेजमा अध्ययनरत छात्र/छात्राहरुले भाग लिएका थिए ।

दुई प्रतियोगितासँगै यसअघि भएका प्रतियोगिताका बिजयीहरुलाई प्रमाणपत्र, मेडल र कमसहित पुरस्कृत गरिएको कलेजका प्रबन्ध निर्देशक प्राध्यापक डा. दिपक शाक्यले जानकारी दिए ।

कलेजले पहिलो पटक टेलिभिजन समाचार बाचन प्रतियोगिता आयोजना गरेको कलेजका क्याम्पस प्रमुख बिनय श्रेष्ठले बताए । श्रेष्ठका अनुसार विद्यार्थीहरुलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापहरुमा अब्बल बनाउने कलेजको लक्ष्यअनुरुप प्रतियोगिताको आयोजना गरिएको हो । 

भविष्यमा यसै कलेजबाट अध्ययन गरेका विद्यार्थीहरु, खेलाडी, कलाकार, पत्रकार बन्ने हुँदा अहिलेदेखि नै उनीहरुलाई अतिरिक्त क्रियाकलापमा जोड दिइएको कलेजका प्रमुख श्रेष्ठले बताए । 

टेलिभिजन समाचार बाचन प्रतियोगितामा पत्रकारद्वय निरज पिठाकोटे मगर र शिवनाथ यादवले निर्णायकको भूमिका निर्वाह गरेका थिए । यस्तै गायन प्रतियोगिताको मेन्टरमा मन्दिप खड्का र चन्दन प्रजापती थिए भने निर्णायकमा ध्रुबसिँह ठकुरी र रमेश परियार रहेका थिए ।

वीपिसीकाे नयाँ भवनमा भएकाे कार्यक्रममा भारतिय राजदुतावास वीरगंजका शैलेन्द्र कुमार, वीरगंज महानगरपालिकाका शिक्षा शाखा प्रमुख अरविन्द लाल कर्ण, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक प्रहलाद कार्की, भवानी हस्पिटलका निर्देशक राम श्रेष्ठ, वीरगंज ८ का वडाध्यक्ष राजकिशाेर गुप्ता, कलेजका शैक्षिक निर्देशक याेगल किशाेर प्रसाद, प्रिन्सपल हरिरतन तुल्लाधर, सहायक प्रिन्सपल विनय ठाकुर, संयाेजक बासु कर्ण लगायतकाे सहभागिता रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...