Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

बिपिसी सिङ्गीङ् आईडल सम्पन्न

spot_img
spot_img

वीरगंज । बिपिसी सिङ्गीङ् आईडल र टेलिभिजन समाचार बाचन प्रतियोगिता बिहिबार सम्पन्न भएको छ । वीरगञ्ज पब्लिक कलेज (बिपिसी) को सप्ताहव्यापी खेल तथा सांस्कृति कार्यक्रमकाे अन्तिम दिन प्रतियाेगिता सम्पन्न भएकाे हाे । 

बिपिसीले विद्यार्थीहरुको क्षमता अभिवृद्धि र व्यक्तित्वका विकासका निम्ती साप्ताहिक रुपमा विभिन्न १० भन्दा बढी प्रतियोगिताहरुको आयोजना गरेको थियो । प्रतियाेगितामा क्लेजमा अध्ययनरत छात्र/छात्राहरुले भाग लिएका थिए ।

दुई प्रतियोगितासँगै यसअघि भएका प्रतियोगिताका बिजयीहरुलाई प्रमाणपत्र, मेडल र कमसहित पुरस्कृत गरिएको कलेजका प्रबन्ध निर्देशक प्राध्यापक डा. दिपक शाक्यले जानकारी दिए ।

कलेजले पहिलो पटक टेलिभिजन समाचार बाचन प्रतियोगिता आयोजना गरेको कलेजका क्याम्पस प्रमुख बिनय श्रेष्ठले बताए । श्रेष्ठका अनुसार विद्यार्थीहरुलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापहरुमा अब्बल बनाउने कलेजको लक्ष्यअनुरुप प्रतियोगिताको आयोजना गरिएको हो । 

भविष्यमा यसै कलेजबाट अध्ययन गरेका विद्यार्थीहरु, खेलाडी, कलाकार, पत्रकार बन्ने हुँदा अहिलेदेखि नै उनीहरुलाई अतिरिक्त क्रियाकलापमा जोड दिइएको कलेजका प्रमुख श्रेष्ठले बताए । 

टेलिभिजन समाचार बाचन प्रतियोगितामा पत्रकारद्वय निरज पिठाकोटे मगर र शिवनाथ यादवले निर्णायकको भूमिका निर्वाह गरेका थिए । यस्तै गायन प्रतियोगिताको मेन्टरमा मन्दिप खड्का र चन्दन प्रजापती थिए भने निर्णायकमा ध्रुबसिँह ठकुरी र रमेश परियार रहेका थिए ।

वीपिसीकाे नयाँ भवनमा भएकाे कार्यक्रममा भारतिय राजदुतावास वीरगंजका शैलेन्द्र कुमार, वीरगंज महानगरपालिकाका शिक्षा शाखा प्रमुख अरविन्द लाल कर्ण, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक प्रहलाद कार्की, भवानी हस्पिटलका निर्देशक राम श्रेष्ठ, वीरगंज ८ का वडाध्यक्ष राजकिशाेर गुप्ता, कलेजका शैक्षिक निर्देशक याेगल किशाेर प्रसाद, प्रिन्सपल हरिरतन तुल्लाधर, सहायक प्रिन्सपल विनय ठाकुर, संयाेजक बासु कर्ण लगायतकाे सहभागिता रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...