Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरगंजकाे जनतासंग धाेगाधढी भइरहेकाे छ : प्रदेश सांसद गिरी

spot_img
spot_img

वीरगंज । प्रदेश नं. २ काे राजधानी जनकपुरलाई बनाउन चलखेल भइरहेकाे प्रदेश सभा सदस्य (सांसद) प्रहलाद गिरीले वताएका छन् । उनले बिहिबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै यस पालि जनकपुरलाई राजधानी बनाउन प्रदेश सरकारले नै प्रस्ताव लगेकाे वताए ।

उनले यस अघि प्रदेश सरकारले राजधानीकाे लागि प्रस्ताव नगरे पनि प्रदेश सरकारकाे नेतृत्व गरिरहेका पर्सा कै मुख्यमन्त्री भएपनि यस पालि प्रदेश सरकारबाट जकपुरलाई राजधानी बनाउनु प्रस्ताव गर्नु मुख्यमन्त्री लालबाबु राउतकाे मिलाेमताे रहेकाे वताए ।

यसका साथै राजधानीकाे लागि छलफल गर्न बनेकाे १६ सदस्यीय समितिमा पर्साकाे एक जना पनि नपर्नु वीरगंजकाे मतबाट जितेका मुख्यमन्त्री लालबाबु राउतकाे नियत गलत देखिएकाे सांसद गिरीले आराेप लगाए । वीरगंजकाे जनताकाे साथ धाेखाधढी भइरहेकाे छ उनले भने राजधानी प्रदेशकाे बिचमा हुनु पर्ने बहाना मात्र हाे ।

लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)का नेता समेत रहेका सांसद गिरीले वीरगंज आधुनिक सहर भएकाे वताउँदै सांसद गिरीले यहाँ राजधानीकाे लागि सम्पूर्ण आधार भएकाे वताए ।

उनले भने “राजधानीकाे लागि वीरगंजसंग सम्पूर्ण थाेक छ । वीरगंज प्रदेश नं. २ काे एक मात्र महानगर हाे, आर्थिक नगरी हाे । वीरगंज शिक्षा र स्वास्थ्यकाे हब बन्दै गएकाे छ । जनकपुरमा महंगी धेरै छ । जनकपुरमा जानकी मन्दिर छ भने यहाँ पनि गहवा, बिन्दवासिनी माईकाे मन्दिर छ । त्यही भएर वीरगंज राजधानी हुनु पर्छ ।”

यसका साथै परिवर्तनकाे सम्पूर्ण आन्दाेलनमा वीरगंजकाे याेगदान उलेखनिय रहेकाेले वीरगंज राजधानी हुनु पर्छ । जनकपुर राजधानी भए प्रदेश २ टुक्रा हुने बृजाराेपण हुने उनकाे भनाई थियाे ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा भएकाे पत्रकार सम्मेलनमा सहभागि लाेसपाका नेता नेजामुदिन सम्मानीले सुरुदेखि नै मधेश प्रदेश र वीरगंज राजधानीकाे पक्षमा आफुहरु रहेकाे वताउादै अझै पनि त्यही अडान रहेको वताए ।

लाेसपा पर्साका अध्यक्ष पुरुषाेत्म झाले प्रदेश २ काे राजधानीको लागि उपयुक्त ठाउँ वीरगंज नै रहेकाे तर्क गर्दै वीरगंज नै राजधानी हुनु पर्ने माग गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...