Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

पुरस्कार वितरणकाे विषयलाई लिएर पत्रकार महासंघ पर्साकाे कार्यसमितिमा विवाद

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा कार्य समितिको निर्णयको विरोध भएको छ । महासंघले प्रत्येक वर्ष वितरण गर्ने गरेको गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार वितरणमा कार्य समितिका केही सदस्यले विरोध गरेका छन् ।

नेपाल पत्रकार महासंघ पर्साको कार्य समितिको सोमबार बसेको तेश्रो बैठकले गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार वितरणको लागि प्रेस चौतारी नेपालमा आबद्ध पत्रकारहरुलाई मात्रै वितरण गर्ने निर्णय गरेपछि कार्य समितिका २ जना सदस्यले विरोध गरेका हुन् ।

पुरस्कार वितरणको लागि कुनै पनि मापदण्ड तथा प्रक्रिया नै नपु¥याई हचुवाको भरमा पुरस्कार वितरणको लागि नामावली छनौट गरिए पछि आफुहरु विराेध गरेकाे महासंघका जिल्ला कार्य समिति सदस्य नरेश सर्राफ र अजय चाैरसियाले वताएका छन् ।

साेमबार बसेकाे महासंघकाे बैठकमा सहभागि कार्य समिति सदस्य सर्राफ र चौरसियाले महासंघको नाममा प्रेस चौतारीका पदाधिकारीहरुले एकलौटी निर्णय गरेको आरोप लगाए । कार्य समिति सदस्य सर्राफले नेपाल पत्रकार महासंघ पर्सा सम्पूर्ण पत्रकारको छाता संगठन भए पनि सम्पूर्णलाई समेटेर लैजानु पर्नेमा कुनै पनि पुरस्कार, तालिम एवं अन्य कार्यमा प्रेस चौतारीका पदाधिकारीहरुलाई मात्रै सिफारिस गर्ने गरिएकाे बताए ।

बैठकमा सर्राफ र चौरसियाले असहमति जनाए पनि प्रेस चौतारीमा आबद्ध महासंघका पदाधिकारीहरुले जबरजस्ती निर्णय गर्न खोजेपछि सर्राफले बैठक नै बहिष्कार गरि निस्केका थिए । उनले अन्य पत्रकार संगठनसंग आवद्ध पत्रकार एवं स्वतन्त्र पत्रकारहरुलाई पनि पुरस्कार दिनुपर्ने बैठकमा प्रस्ताव राखेका थिए ।

उनले प्रेस चौतारीसंग आबद्ध महासंघका पदाधिकारीहरुले पहिलादेखि नै पुरस्कारको लागि दुई जना चौतारीका पदाधिकारीको नाम लिएर बैठकमा आएका थिए बताउँदै हामीले अन्य पत्रकारहरुको पनि नाम राखेर छलफल गरौं भनेका थिए तर त्यससलाई वेवास्ता गर्दै एकलौटी रुपमा पत्रकार महासंघमा बहुमतको दम्भ देखाई ति दुईजनालाई नै पुरस्कार दिने भनेर निर्णय गरेपछि आफु बैठकबाट बसि रहनु कुनै औचित्य नै नदेखेर निस्केकाे वताए ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले वर्षेनी एक जना पत्रकारलाई स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । गत बर्षकाे पनि स्व. गाेपाल गिरी पत्रकारिता पुरस्कार महासंघले वितरण गर्न नसकेपछि यस बर्ष दुबै बर्षकाे पुरस्कार पत्रकार प्रताप श्रेष्ठ र विजय भण्डारीलाई दिने बहुमतले निर्णय गरेकाे छ ।

अर्का कार्यसमिति सदस्य चौरसियाले साेमबारकाे बैठकमा महासंघको तेश्रो तल्लाको भवन निर्माणका लागि समिति बनाउने क्रममा सबैलाई नसमेटिएको र स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कारमा पनि एकलौटी गर्न खोजेपछि ‘नोट अफ डिसेन्ट’ लेखि आफुले असहमति जनाएकाे वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...