Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बिन्दबासिनीकाे प्रमुख प्रशासकिय अधिकृतमा गिरी हाजिर

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दबासिनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा अमित कुमार गिरी हाजिर भएका छन् । ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत सिचाई कार्यालय वीरगंजमा कार्यरत गिरीकाे बिन्दवासिनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा सरुवा भएपछि आइतबार उनी हाजिर भएका हुन् । 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस ८ गते अधिकृत गिरीलाई बिन्दवासिनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे कामकाजकाे जिम्मेवारी दिएर पठाएकाे थियाे ।

बिन्दबासिनी गाउँपालिकाको कार्यालय बहुवर्वा भाठ्ठामा आईतबार हाजिर हुन गएका गिरीलाई गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुसहितका जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका थिए । एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष कानुले प्रमुख प्रशासकिय अधिकृत गिरीलाई गम्छा, फूलको माला र अबिरको टीका लगाएर स्वागत गरेका थिए ।

उक्त अवसरमा बोल्दै अधिकृत गिरीले आफूले जन चाहना अनुसार जनप्रतिनिधिको समन्वयमा काम गर्ने बताए । उनले भने “मैले जनप्रतिनिधिको समन्वय र सहकार्यमा जन चाहना अनुसार काम गर्ने छु, त्यसको लागि जनप्रतिनिधि र कर्मचारी बीचको समन्व्य जरुरी छ ।”

उक्त अवसरमा जनप्रतिनिधिसहित अधिकृत मुना रौनियार, लेखा अधिकृत मिथलेश कुशवाहा, जसपाका नेता गौरीशंकर साह लगायतको उपस्थिती रहेको थियो ।

बिन्दवासिनी गाउँपालिकामा यस भन्दा अगाडि निमित प्रमुख प्रशासकिय अधिकृत श्याम बाबु साहले निमित प्रमुख प्रशासकिय अधिकृत भई कार्यालय प्रमुखकाे जिम्मेवारीमा काम गर्दै आएका थिए ।

आईतबार हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत गिरीले साेही दिनदेखी कार्यभार समेत सम्मालेका छन् ।

यस अघि पर्सा कै जिराभवानी गाउँपालिका, पोखरिया नगरपालिका र जगरनाथपुर गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा कामकाज गरिसकेका अधिकृत गिरी हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...