Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

पिसफोर दलित फाउन्डेसन पुरस्कृत

spot_img
spot_img

वीरगंज । पिसफोर दलितस फाउन्डेसन नेपाल प्रदेश -२, पर्सा राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५, महुवनमा दलित समुदायको युवाहरुको जमातद्वारा संचालित फाउन्डेसन पुरस्कृत भएकाे हाे । 

नेपाल सरकारको पुर्व सचिव डा. मान बहादुर बिकेकाे बाबुआमाको सम्झना स्थापित भिम -माया स्मृति पुरस्कारबाट फाउन्डेसन पुरस्कृत भएकाे फाउन्डेसनका अध्यक्ष मनाेज रामले वताए ।

साे पुरस्कारबाट एक कार्यक्रमबा बिच शनिबार पुरस्कार राशी रु ५० हजारकाे चेकसहित प्रमाण पत्रले फाउन्डेसनका अध्यक्ष रामलाई सम्मानित गरिएको छ ।  पुरस्कारले संस्थाको जिम्मेवारी झन बढेकाे र आगामी दिनमा अझै सक्रियता हुने अध्यक्ष रामले वताए ।

विगत केही बर्षदेखी फाउन्डेसनले प्रदेश -२ को मधेशी दलित बालबालिकाको शिक्षामा पहुँच, विद्यालय टिकाउ, गुणस्तरीय शिक्षा, दलित बालबालिकाको लागि निशुल्क टियुसन कक्षा संचालन गर्दै आएकाे उनले जानकारी गराए ।

काठमाडौंमा नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भिम-माया स्मृति पुरस्कार समारोह तथा विके सेवकद्वारा लिखित मान्छे र माटो कविता संग्रह -२ लोकार्पण कार्यक्रमको फाउन्डेसनलाई पुरस्कारले सम्मानित गरिएकाे हाे ।

नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठानको अध्यक्ष रणेन्द्र बराईलीको अध्यक्षता र बागमती प्रदेश प्रमुख तिलक परियारकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा राजदुत पदम सुन्दास, गोबिन्द नेपाली, मोतिलाल नेपाली, डाक्टर मान बहादुर विके लगायतकाे उपस्थिति रहेकोे थियाे ।

कार्यक्रमको संचालन नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको महासचिव सरोजदिलु विश्वाकर्माले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...