Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पिसफोर दलित फाउन्डेसन पुरस्कृत

spot_img
spot_img

वीरगंज । पिसफोर दलितस फाउन्डेसन नेपाल प्रदेश -२, पर्सा राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५, महुवनमा दलित समुदायको युवाहरुको जमातद्वारा संचालित फाउन्डेसन पुरस्कृत भएकाे हाे । 

नेपाल सरकारको पुर्व सचिव डा. मान बहादुर बिकेकाे बाबुआमाको सम्झना स्थापित भिम -माया स्मृति पुरस्कारबाट फाउन्डेसन पुरस्कृत भएकाे फाउन्डेसनका अध्यक्ष मनाेज रामले वताए ।

साे पुरस्कारबाट एक कार्यक्रमबा बिच शनिबार पुरस्कार राशी रु ५० हजारकाे चेकसहित प्रमाण पत्रले फाउन्डेसनका अध्यक्ष रामलाई सम्मानित गरिएको छ ।  पुरस्कारले संस्थाको जिम्मेवारी झन बढेकाे र आगामी दिनमा अझै सक्रियता हुने अध्यक्ष रामले वताए ।

विगत केही बर्षदेखी फाउन्डेसनले प्रदेश -२ को मधेशी दलित बालबालिकाको शिक्षामा पहुँच, विद्यालय टिकाउ, गुणस्तरीय शिक्षा, दलित बालबालिकाको लागि निशुल्क टियुसन कक्षा संचालन गर्दै आएकाे उनले जानकारी गराए ।

काठमाडौंमा नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भिम-माया स्मृति पुरस्कार समारोह तथा विके सेवकद्वारा लिखित मान्छे र माटो कविता संग्रह -२ लोकार्पण कार्यक्रमको फाउन्डेसनलाई पुरस्कारले सम्मानित गरिएकाे हाे ।

नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठानको अध्यक्ष रणेन्द्र बराईलीको अध्यक्षता र बागमती प्रदेश प्रमुख तिलक परियारकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा राजदुत पदम सुन्दास, गोबिन्द नेपाली, मोतिलाल नेपाली, डाक्टर मान बहादुर विके लगायतकाे उपस्थिति रहेकोे थियाे ।

कार्यक्रमको संचालन नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको महासचिव सरोजदिलु विश्वाकर्माले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...