Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

एनएमएसआरए रेड विजयी

spot_img
spot_img

वीरगंज । नेपाल औषधी तथा बिक्रि प्रतिनीधि संघ पर्साले आयोजना गरेको प्रथम एनएमएसआरए एफ १५ नकआउट क्रिकेट प्रतियोगिता शनिबार सम्पन्न भएको छ । वीरगंजस्थित आदर्शनगर रङ्गशालामा सम्पन्न फाइनल खेलमा एनएमएसआरए रेड विजयी भएको छ ।

क्वेस्ट फार्मासिटिकललाई ९ विकेटले पराजित गर्दै एनएमएसआरए एतिहासिक विजयी भएको हो । टस जितेर पहिलो इनिंग खलेको क्वेस्टले १३ ओभर खर्चेर १० विकेट गुमाउदै ८७ रन बनाएको थियो । जवाफी इनिंगमा रेडले ७ ओभर ३ बल खेलेर १ विकेट गुमाउदै ८८ रन बनाएर क्वेस्टलाई ९ रनले हराएको एनएमएसआरएका सचिव राम गोसाईले जानकारी दिए ।

त्यसैगरी प्लेयर अफ थ म्याचको उपाधि एनएमएसआरए रेडका बलर सचिन कुमारले हासिल गरेका छन् । उनले ३ ओभरमा १५ रन खर्चिंदै ३ विकेट लिएका थिए । त्यसतै प्ल्येअर अफ द सिरिज उपाधि एनएमएसआरए रेडकै राजेन्द्र बस्नेतले प्राप्त गरेका छन् ।

विजेत टोलि एनएमएसआरए रेडलाई प्रमुख अतिथि क्वेस्ट फार्मा सिटिकलका मार्केटिंग निर्देशक तथा एनएनएसआरएका संस्थापक सचिव शैलेन्द्र प्रसाद वर्मा २५ हजार रुपैयाँ नगद, ट्राफि, सिल र सर्टिफिकेट हस्तान्तरण गरेका थिए ।

त्यसैगरी दोस्रो स्थान हासिल गरेको क्वेस्ट फार्मासिटिकललाई १५ हजार रुपैयाँ नगद प्रदान गरिएको सचिव गोसाईले बताए । तिनदिवसीय प्रतियोगितामा म्यागनस फार्मा, भास्कर, एनपीएल लगायत ८ वटा टिम सहभागी रहेका थिए ।

एनएमएसआरए वीरगञ्जका अध्यक्ष मनोज साहको सभापतित्वमा सम्पन्न फाइनल खेलमा नेपाल औषधी व्यवसायी संघ प्रदेश २ का सचिव पप्पु झा, पर्सा जिल्ला अध्यक्ष ताजुदीन अन्सारी, सचिव विश्वाज राज गौतम, पिनका अध्यक्ष महेबुब आलम, पीसीनका अध्यक्ष शिवाजी यादव, नबिल बैंक श्रीपुर शाखाका प्रबन्धक सन्तोष साह, भोलेन्टियर समूहका संयोजक राजन श्रीवास्तव लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगितालाई क्वेस्ट फारमासुटिकल, भास्कर फारमासुटिकल, म्यागनस फार्मा, भवानी अफसेट प्रेस, एक्स्पर्ट एडुकेसन, फेयर डिल मेसिकल स्टोर, पाथ फार्मा डिष्ट्रिब्यूटर, निर्जल वाटार, फार्माकम डिष्ट्रिब्यूटर, यात्रा डेली प्रालि लगायतले प्रायोजन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...