Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

वीरगंज २१ मा नि:शुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img
वीरगंज । वीरगंज महानरपालिकाकाे वडा नं. २१ पटेल नगरस्थित राम जानकी मंदिरको प्रागंणमा आइतबार नि: शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।
 
साहिब दरबार सेवा संस्थान, नेपालको आयोजनामा र माट्रिका आई फाउन्डेसनको सहयोगमा भएकाे शिविरमा १९६ जनाले आँखाकाे परिक्षण गराएका छन् । जस मध्ये ६२ जनाको आँखामा मोतियाबिन्दु फेला परेकाे आयाेजक संस्था साहिब दरबार सेवा संस्थाले जनाएकाे छ । माेतियाबिन्दु फेला परेकाहरुकाे आउँदो बिहीबार र शुक्रबार नि:शुल्क शल्यक्रिया गरिने छ ।
 
शिविरमा संस्थानका राजेशमान सिंह, प्रेमबाबु पटेल, उमेहलाल सहनी, मुकेश द्विवेदी, शशी पाण्डे, कृष्णा पटेल, संजय मण्डल, प्रमोद पटेल, दिपलाल पटेल, ओम पटेल, पुरोषत्तम पटेल, अजय महतो, रूपेश यादव, पुनिल पटेल, रामजी पटेल, सिपलाल राम, सुदेश यादव लगायतको उपस्थिति रहेको थियोे ।
 
साहिब दरबार सेवा संस्थान कै आयाेजनामा भोलि पुस ५ गते सोमबार वीरगंज महानगरपालिकाकाे वडा नं. २७ जसौलीमा आँखा शिविर संचालन हुने मुकेश द्विवेदीले जानकारी दिए । 
 
पथलैयामा चालक र सह चालककाे आँखा परिक्षण
 
यस्तै, “ट्राफिक सचेतना अभियान २०७८” को अन्तर्गत आइतबार पथलैयामा पनि नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।   
 
२ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बारा र वीरगंज सामुदायिक आँखा अस्पताल, वीरगंजको आयोजनामा भएकाे शिविरमा पथलैयास्थित सडक भएर जाने चालक तथा सहचालकहरुको नि:शुल्क आँखा परिक्षण गरिएकाे थियाे ।
 
ट्राफिक प्रहरी कार्यालय अगाडी संचालन गरिएकाे शिविरमा चालक १११ जना, सहचालक १७ जना र सर्वसाधारण २६ जना गरी जम्मा १५४ जनालाई नि:शुल्क आँखा चेकजाँच गरिएकाे ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...