Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

विद्यार्थी नेता शशिकान्तकाे माेटरसाइकल दुर्घटनामा परी मृत्यु

spot_img
spot_img

वीरगंज । अनेरास्ववियू (क्रान्तिकारी) बाराका सह सचिव तथा जितपुर सिमरा उपमहानगरपालिकाका उपाध्यक्ष शशिकान्त चाैधरीकाे माेटरसाइकल दुर्घटनामा परी मृत्यु भएकाे छ ।

जितरपुर सिमरा उपमहानगरपालिकाकाे वडा नं. ३ बजनी निवासी शशिकान्तकाे शनिबार सांझ वीरगंज जितरपुर सडक खण्डकाे सिमरास्थित हुलास स्टिल अगाडी  माेटरसाइकल दुर्घटनामा परी निधन भएकाे अनेरास्ववियू (क्रान्तिकारी) जितपुर सिमराका सचिव ताेप बहादुर श्रेष्ठले वताए ।

सुपर स्पलेन्डर माेटरसाइकलमा चाैधरीसहित दुई जना सवार थिए । माेटरसाइकल चालक शशिकान्तकाे मृत्यु भएकाे र साेही माेटरसाइकलमा सवार सुनिल चाैधरी गम्भिर घाइते भएका छन् । घाइते सुनिलकाे वीरगंजस्थित एलएस न्यूराे अस्पतालमा उपचार भइरहेकाे छ ।

अनेरास्ववियू (क्रान्तिकारी) जितपुर सिमरा उपमहानगरपालिकाले आइतबार शाेक वक्तव्य जारी गर्दै शशिकान्तकाे माेटरसाइकल दुर्घटनामा परी असमायिक दु:खद निधन भएकाे जनाएकाे छ ।

संगठनका अध्यक्ष दिपेन्द्र प्रसाद यादव र सचिव श्रेष्ठले संयुक्त रुपमा शाेक वक्तव्य जारी गर्दै शशिकान्तकाे मृत आत्मा प्रति भावपूर्ण  श्रद्धान्जली अर्पण गर्दै शाेक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान हाेस् भन्दै संवेदना समेत व्यक्त गरेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...