Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

विद्यार्थी नेता शशिकान्तकाे माेटरसाइकल दुर्घटनामा परी मृत्यु

spot_img
spot_img

वीरगंज । अनेरास्ववियू (क्रान्तिकारी) बाराका सह सचिव तथा जितपुर सिमरा उपमहानगरपालिकाका उपाध्यक्ष शशिकान्त चाैधरीकाे माेटरसाइकल दुर्घटनामा परी मृत्यु भएकाे छ ।

जितरपुर सिमरा उपमहानगरपालिकाकाे वडा नं. ३ बजनी निवासी शशिकान्तकाे शनिबार सांझ वीरगंज जितरपुर सडक खण्डकाे सिमरास्थित हुलास स्टिल अगाडी  माेटरसाइकल दुर्घटनामा परी निधन भएकाे अनेरास्ववियू (क्रान्तिकारी) जितपुर सिमराका सचिव ताेप बहादुर श्रेष्ठले वताए ।

सुपर स्पलेन्डर माेटरसाइकलमा चाैधरीसहित दुई जना सवार थिए । माेटरसाइकल चालक शशिकान्तकाे मृत्यु भएकाे र साेही माेटरसाइकलमा सवार सुनिल चाैधरी गम्भिर घाइते भएका छन् । घाइते सुनिलकाे वीरगंजस्थित एलएस न्यूराे अस्पतालमा उपचार भइरहेकाे छ ।

अनेरास्ववियू (क्रान्तिकारी) जितपुर सिमरा उपमहानगरपालिकाले आइतबार शाेक वक्तव्य जारी गर्दै शशिकान्तकाे माेटरसाइकल दुर्घटनामा परी असमायिक दु:खद निधन भएकाे जनाएकाे छ ।

संगठनका अध्यक्ष दिपेन्द्र प्रसाद यादव र सचिव श्रेष्ठले संयुक्त रुपमा शाेक वक्तव्य जारी गर्दै शशिकान्तकाे मृत आत्मा प्रति भावपूर्ण  श्रद्धान्जली अर्पण गर्दै शाेक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान हाेस् भन्दै संवेदना समेत व्यक्त गरेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...