Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

सर्वदलीय बैठक अघि सत्तारुढ गठबन्धनको बैठक बस्ने

spot_img
spot_img

काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नु भएको सर्वदलीय बैठक अघि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने छ । राष्ट्रिय मुद्दामा साझा धारणा बनाउनका लागि सर्वदलीय बैठक अघि सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालमा दुर्गा पौडेल सहभागी हुनेछन् ।

संसद् लामोसमयदेखि अवरोध हुँदा दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्य र मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्नका लागि आज दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाउनु भएको छ । तर, प्रतिपक्षी दल एमालेले बैठकमा नजाने बताएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...