Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

दलित मुक्ति संगठन पर्साकाे प्रशिक्षण कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल दलित मुक्ति संगठनको ३४ औ स्थापना दिवसको अवसरमा संगठनको पर्सा जिल्ला कमिटीको पुर्ण बैठक एवं प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

रास्ट्रिय दलित पत्रकार संघ पर्साको कार्यालयमा संगठनका पर्सा अध्यक्ष सुशील हजराको अध्यक्षता सम्पन्न बैठक एवं प्रशिक्षण भेलाले एक महिने संगठन बिस्तार अभियान संचालन गर्ने निर्णय गरेको छ ।

बैठक एवं भेलाले दलित मुक्ति संगठनको पर्सा जिल्ला भरिको १४ वटा पालिकामा कमिटी र विभिन्न बिभागहरु पौष मसान्त भित्रमा गठन गरि सक्ने निर्णय समेत गरेको छ । बैठक एवं प्रशिक्षण भेलामा नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापाले दलित मुक्ती आन्दोलनमा कम्युनिस्ट पार्टीको योगदान बारे प्रशिक्षण दिएका थिए ।

पार्टी जिल्ला सचिवालय सदस्य एव दलित विभागका इन्चार्ज बृजलाल पासवानले दलित मुक्ति आन्दोलन र आगामी कर्ययोजनाको बिषयमा प्रशिक्षण दिएका थिए ।

भेलामा एकीकृत समाजवादी वीरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरी, जिल्ला सचिवालय सदस्य पटवारीलाल बैठा, जिल्ला कमिटी सदस्य उमेश ठाकुर, अमिर्का प्रसाद साह, दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य संगठनका उपाध्यक्ष अमरदेव पासवान र संचालन सह-सचीव सुरेश दासले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...